–श्याम स्मृत

काठमाडौं। नेपाली कथानक चलचित्रका कलाकार हिजोका जस्ता आजका छैनन्। र आजका जस्ता हिजो छैनन्। नहुनुमा हिजोका कलाकारका जस्ता क्रेज आजका कलाकारमा निश्चित रुपमा छैनन्। हिजोका कलाकारमा सानो तथा छोटो रोलमा अभिनय गर्दा पनि तिनीहरुले ठूलो माइलेज पाउने गरेका थिए। आजका कलाकारले जति ठूलो र लामो रोल गरेतापनि खासै माइलेज पाउने गरेको देखिदैन।

त्यसको मतलव कलाकारिताको क्रेज हिजोका तुलनामा निश्चित रुपमा आजको समयमा घटेकै हो। त्यो घटाईमा पनि ठूलो माइलेज हिजोका दिनकी अभिनेत्री अनिता केसीले महशुश गरेकी छन्। विगत बाइस बर्षदेखि नेपाली चलचित्रमा निरन्तर लागिरहेकी अभिनेत्री अनिता केसीले हिजोका दिन र आजका दिन दुवै समयको महशुश गरेकी छन्। दुवै समयलाई दुवै तरीकाले आत्मसात गर्ने कार्य अनितावाट भएको छ।

कलाकारको मूल्य र मान्यता हिजोका दिनमा जस्तो थियो। निश्चित रुपमा आजका दिनमा नभएको अवश्य हो। हिजो कलाकारको उच्च मूल्यांकन हुने गर्दथ्यो भने, आजको समयमा कलाकारको खासै ठूलो मूल्यांकन तथा अबमूल्यन पनि भएको छैन्। शायद यो समयले गरेको फरकता हो भन्ने अनिता केसीमा हिजोका दिनमा भन्दा आजका दिनमा अझ म्याचुरिटी छ। हुन त हिजोका दिनमा पनि त्यतिकै स्वभाविक तथा गंभीर कुरा गर्ने अनितामा फरकता छैन्।

समयले अनितालाई उच्चतामा पुर्याएको छ। समयलाई अनिताले बुझेकी छन्। समयले अनितलाई धेरै पीडा पनि दिएको छ। समयले धेरै खुशी पनि दिएको छ। समयले धेरै गंभीर मोडमा पुर्याएको पनि छ। समयले सुखको आभांस पनि दिएको छ। यसकारण जिन्दगीलाई अमूल्य हो भन्ने कुरा अनितालाई समयले नै सिकाएको छ। हिजोका दिनहरुमा धेरैजसो चलचित्रका अभिनयमा व्यस्त बन्ने गरेकी अनिता आजको दिनमा चलचित्रमा कम र बढी सामाजिक कार्य तथा व्यवसाय पनि व्यस्त बन्ने गरेकी छन्।

फेसनेवल पहिरनको व्यवसायमा रहेकी अनिताको एकमात्र छोरा इञ्जिनियर बनिसकेका छन्। इञ्जिनियरिङमा थप उच्च अध्ययन र शोध गर्नका लागि हाल न्यूजल्याण्डमा रहेका छोरा पनि आमाको कलाकारितालाई गौरबता महशुश गर्ने गरेकी छन्। छोरा आफ्नो जिन्दगी तथा बाँच्ने सहारा हो भनेर उच्च मूल्यांकन गर्ने गरेकी अनिताले
आफ्नो जिन्दगीको महत्वपूर्ण पार्ट छोरा नै भएको पनि भन्ने गरेकी छन्।

लामो भागको हिट टेलिसिरियल काली गण्डकीको सेरोफेरो देखि ऐतिहासिक नेपाली चलचित्र सेतोबाघमा समेत अनिताको अभिनय रहेको छ। सेतोबाघका मुख्यपात्रको तीन महारानी मध्येकी एक रानी अनिता हुन्। यस अर्थमा अनिता सेतोबाघकी बघिनी हुन्। सेतोबाघको बघिनी भएतापनि आफू त्यतिे ठूलो अभिनेत्री नभएको अनिताले भनेकी छन्।

फलेको बृक्ष जसरी निरन्तर निहुरिने गर्ने गर्छ। त्यसरी नै निहुरिन जानेकी अनिताले काली गण्डकीको सेरोफेरो र सेतोबाघ मात्र होइन, पाकेटमार, छहारी, द कमाण्डो, पराइघर, चाँदनी, नगदनारायण, यो मायाको सागर, लगनगाँठो लगायत दर्जनौमा अभिनय गरेकी छन्। सेतोबाघ जस्तै अर्को ऐतिहासिक नेपाली चलचित्र बसन्तीमा पनि सानो रोल गरेपनि नोटिस हुने रोल गरेकी छन्।

बाइस बर्षको अभिनय यात्रामा धेरै फिल्म गरेर फरक प्रकारका दर्जनौ अभिनय गर्दा पनि घमण्ड भन्ने कुन चराको नाम हो भन्ने अनितामा अझै पनि देखिएको छैन्। शायद यो अनिता भित्रको अनिता भएको धेरैको तर्क रहेको छ।

अनिता भने यो मेरो स्वभाविकताको आकस्मिकता हो भन्छिन्। जिन्दगीलाई बाँचुञ्जेल कलाकारितामा समर्पित गर्ने सोचमा रहेकी अनिताको कलाकारिता जिन्दगीको अनुपम सोच र खोज नै हो भन्ने ठहर रहेको छ।
प्रकाशन मिति–२०७५ साल फागुन १४ गते मंगलवार ।