काठमाडौं। लामो भागको हिट टेलिसिरियल काली गण्डकीको सेरोफेरो देखि ऐतिहासिक नेपाली चलचित्र सेतोबाघमा समेत नायिका अनिता केसीको अभिनय रहेको छ। सेतोबाघका मुख्यपात्रको तीन महारानी मध्येकी एक रानी अनिता हुन्। यस अर्थमा अनिता सेतोबाघकी बघिनी हुन्। सेतोबाघको बघिनी भएतापनि आफू त्यतिे ठूलो अभिनेत्री नभएको अनिताले भनेकी छन्।

फलेको बृक्ष जसरी निरन्तर निहुरिने गर्ने गर्छ। त्यसरी नै निहुरिन जानेकी अनिताले काली गण्डकीको सेरोफेरो र सेतोबाघ मात्र होइन, पाकेटमार, छहारी, द कमाण्डो, पराइघर, चाँदनी, नगदनारायण, यो मायाको सागर, लगनगाँठो लगायत दर्जनौमा अभिनय गरेकी छन्। सेतोबाघ जस्तै अर्को ऐतिहासिक नेपाली चलचित्र बसन्तीमा पनि सानो रोल गरेपनि नोटिस हुने रोल गरेकी छन्।

केही दिनअघिमात्र नेपाली कथानक चलचित्र पूर्व–पश्चिममा पनि गजबको अभिनय गरेको बताउने नायिका अनिता केसीको अभिनय यात्रा पनि चौविस बर्ष पुगिसकेको छ। चौविस बर्षको अभिनय यात्रामा धेरै फिल्म गरेर फरक प्रकारका दर्जनौ अभिनय गर्दा पनि घमण्ड भन्ने कुन चराको नाम हो भन्ने अनितामा अझै पनि देखिएको छैन्। शायद यो अनिता भित्रको अनिता भएको धेरैको तर्क रहेको छ।

अनिता भने यो मेरो स्वभाविकताको आकस्मिकता हो भन्छिन्। जिन्दगीलाई बाँचुञ्जेल कलाकारितामा समर्पित गर्ने सोचमा रहेकी अनिताको कलाकारिता जिन्दगीको अनुपम सोच र खोज नै हो भन्ने ठहर रहेको छ। प्रस्तुत छ–यिनै नायिका अभिनेता केसीसंग गरिएको छोटोमिठो भिडियो वार्ता–

प्रसारण मिति–२०७६ साल मंसीर ८ गते आइतवार ।