काठमाडौ। काठमाडौको सुन्धारास्थित सेन्टर जेलवाट मंगलबार एक कैदी फरार भएका छन्।

Center Jail Sundhara,Kathmandu, Nepal

जबरजस्ती करणी मुददाका कैदी मुन्न शाही जेलभित्रैबाट फरार भएका हुन्। विसं.२०७१ मा कैद सजाय पाएका शाहीलाई बाँके जेलबाट विसं.२०७४ जेठ ५ गते सेन्टर जेल स्थानान्तरण गरिएको थियो।

प्रहरीका अनुसार जेलभित्रैको मन्दिरमाथि उक्लिएर पर्खाल नाघेर शाही भागेको आशंका गरिएको छ ।

प्रहरीले दुई दिन बित्दा पनि पक्राउ गर्न नसकेको काठमाडौवाट प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर ८ गते शुक्रबार ।