काठमाडौ । साथी विनाको जीवन मरेको जस्तै हुन्छ। साथी जीवनको अत्यन्त महत्वपूर्ण पाटो हो। यसकारण पनि भन्ने गरिन्छ–आमाबुवा, श्रीमान–श्रीमतीलाई पनि भन्न नसकिएका कतिपय त्यस्ता कुरा साथीहरुलाई भन्ने गरिन्छ। चाहे त्यो सुखमा होस् या दुःखमा ! सही साथीले हरदम हरपल जस्तोसुकै अवस्थामा साथ दिने गर्दछ। यसकारण पनि त साथीको ज्यादै महत्व भएको हो।

यिनै साथीको महत्वलाई दर्शाउनका लागि सेभन स्टार फ्रेण्डले मूर्तरुप लिएको हो। एक बर्षअघि पूर्वमिस नेपाल तथा बुटिक बिजनेश वुमन उषा खड्गी, सिनियर सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठ, रुमानी मोडल तथा अभिनेत्री शिलास्मा हमाल, सिनियर व्युटीसियन सीता न्यौपाने पाठक, फेसन डिजाइनर उषा सुवेदी, पूर्व सैनिक सगुन पौडेल र समाजसेवी मिना गुरुङ सहितका साथ साथीहरुले स्थापना गरेको समूहको नाम नै सेभेन स्टार फ्रेण्ड हो।

सेभेन स्टार फ्रेण्ड स्थापना भएको प्रथम वार्षिक उत्सवमा सातैजना साथीहरु मिलेर काठमाडौंको मातातीर्थ स्थित खुशी खुशी रिसोर्टमा रमाइलो माहोलमा साथीको महत्वलाई अझ धेरै महत्वपूर्ण वनाउने कार्य भएको छ। सातैजना साथीहरुले दिल खोलेर एक आपसमा खुशी व्यक्त गरेका छन्। कोरोना महामारीको कारण भएको लकडाउनको बेला आफूहरुले गरेको सामाजिक सेवा देखि लिएर एक अर्काका खुशी र दुःखको बेलामा गरेका महत्वपूर्ण कार्यहरुको बार्षिक समिक्षा गरेर केक काटेर तथा चकलेट बाँडेर रमाइलो गर्ने कार्य पनि भएको छ।

अर्कोतर्फ, महिनामा या हप्तामा सात साथी मध्ये कसै न कसैको घर तथा परिवारमा केही न केही उत्सव भैरहने भएको कारण आफूहरु वीच र सातैजनाको परिवार वीचको सामिप्यता बढ्ेको सिनियर सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठले भिजन संसार डटकमलाई वताएकी छन्। सिनियर सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठका अनुसार, फरक क्षेत्रका फरक साथीहरु भएको कारण एक अर्काका काममा सहयोगी बन्न र बनाउन पनि धेरै मदत मिलेको छ। दुःख तथा सुख दुवैमा सातैजना सरिक हुने गरिएको छ। जुन अत्यन्त सकारात्मक पक्ष हो।

प्रकाशन मिति–२०७८ साल साउन १२ गते मंगलवार ।