काठमाडौं। यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवमा हुने नेकपा एमालेको १० औँ महाधिवेशनका लागि राष्ट्रिय महाधिवेशन प्रतिनिधिको आकर्षण काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सेलिब्रेटीको रुपमा देखिएका छन्।

चिसो भनेकै कोकाकोला र मेयर भनेकै विद्यासुन्दर शाक्य भनेर चर्चामा आएका मेयर शाक्य नेकपा एमालेको १० औं महाधिवेशनका लागि राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित बनेका छन्। मेयर शाक्य काठमाडौ निर्वाचन क्षेत्र नंबर ९ वाट सर्वसम्मत निर्वाचित बनेका हुन्।

त्यस्तै, सोही क्षेत्रवाट निर्वाचित बागमती प्रदेशका लोकप्रिय तथा जनप्रिय सांसद एवम् पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री डा.अजयक्रान्ति शाक्य पनि राष्ट्रिय महाधिवेशन प्रतिनिधिको लागि मेयर शाक्यजस्तै सर्वसम्मत निर्वाचित बनेका छन्।

डेढ महिने बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बन्दा डा.अजयक्रान्ति शाक्यले बर्षदिनमा गर्ने काम महिना दिनमा नै गरेर नोटिसेबल उल्लेखनिय कार्य गरेर अझ चर्चाको शिखरमा पुगेका थिए।

बागमती प्रदेशका बौद्धिक योजनाविदका रुपमा चिनिएका सांसद डा.शाक्य कम समय मन्त्री बने तर, राम्रो काम गरेर चर्चामा आएका सेलिब्रेटी राजनीतिज्ञका रुपमा चर्चित छन्।

सोही क्षेत्रवाट केशवप्रसाद पोखरेल, मीना काफ्ले र हरिशरण थापा पनि सर्वसम्मत राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित बनेका छन्।
प्रकाशन मिति–२०७८ साल कात्तिक २७ गते शनिवार ।