आयोजीत एक प्रेसमिटमा भुकम्प पिडितलाई कोष जुटाउन र धराहरा पुनः निर्माणको लागी टुँडिखेलमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरीने भएको छ । उक्त सांस्कृतिक कार्यक्रम सैनीक श्रीमती संघको आयोजनामा ‘अमर पंक्षीः राईजिङ फ्रम द एसेज’ नामक मनोरञ्जनात्मक कार्यक्रम हुन लागेको हो । उक्त सांस्कृतिक कार्यक्रम आगामी शनिबार काठमाडौंको टुँडिखेलमा हुदैछ । उक्त सांस्कृतिक कार्यक्रममा बलिउडका नायिका सोनाक्षी सिन्हा र नृत्याङगना मलाईका आरोरा खानले पनि आफ्नो प्रस्तुति लिएर नेपाल आउँदैछन् । साथै नेपालकै चर्चीत कलाकारहरु रेखा थापा,प्रियंका कार्की,ईन्दिरा जोसि,ऋचा शर्मा,निशा अधिकारी लगाएतले पनि आफ्नो प्रस्तुती दिनेछन् । आयोेजीत प्रेसमिटमा टुँडिखेलमा हुन लागेको सांस्कृतिक कार्यक्रममा ३ करोड रकम संकलनको उदेश्य राखीएको उक्त इभेन्टमा ६० हजार दर्शकहरुको आशा राखीएको छ । कार्यक्रम मार्फत उठेको रकम भुकम्प पिडितका साथै धराहरा पुनःनिर्माणको लागि पनि खर्च गरीने ईभेन्टका निर्देशक देशल लामाले बताईन् ।