mauntain-airकाठमाडौ। बिरामी लिन आएको माउण्टेन एयरको नाइन एन अल्फा लिमा क्युबिक कल साइन भएको हेलिकप्टर सोलुखुम्बुमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

सोलुखुम्बु जुभिङ–५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलट सुरेश थापाले आकस्मिक रुपमा हेलिकप्टरलाई सोही हेलिप्याडमा अवतरण गराएका थिए।

हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन्। अवतरणको क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगेकोे प्रहरीले जनाएको छ। उक्त हेलिकोप्टर लुक्ला विमानस्थलबाट बुक्सा आएको थियो।

दुर्घटना पछि श्री एयरको हेलिकोप्टरले उनीहरु सबैलाई उद्धार गरी लुक्ला पुर्‍याएको छ।
प्रकाशन मिति–२०७३ साल असोज ९ गते आइतवार ।