काठमाडौं। एक पछि अर्को हिट ब्लक बस्टर नेपाली तथा नेपालभाषाका म्युजिक भिडियो निर्माण गर्दैआएका प्रतिष्ठित छायाँकार, सम्पादक तथा निर्देशक सोहन मानन्धरको छायाँकन तथा सम्पादन रहेको पछिल्लो भिडियो रिलिज हुने भएको छ।

काठमाडौं उपत्यकामा जारी लकडाउन अगाडि खिचिएको मयजु छला गुली जक हिसि दु बोलको नेपालभाषाको गीतको म्युजिक भिडियो रिलिज हुन लागेको हो। नेपालभाषा चलचित्रका नामुद निर्देशक राजेशमान सिंहको निर्देशनमा बनेको मयजु छला गुली जक हिसि दु बोलको गीतको भिडियोमा नेपालभाषा चलचित्रकी नंबरी नायिका आराध्यलक्ष्मी खड्गीको मायाबी अभिनय रहेको छ।

आराध्यको मायाबी मायामा चुर्लुम्मै डुवेका नायकको रुपमा बीरेन्द्र शाक्यको बुलन्द अभिनय रहेको छ। राजेन्द्रकुमार महर्जनको गायन, बेखा महर्जनको शव्द तथा सुमन कपालीको संगीत रहेको यस गीतको भिडियोको कोरियोग्राफी नंबरी नायिका आराध्यलक्ष्मी खड्गीकै रहेको छ। श्रृंगार सनमकुमार घायलको छ।

लकडाउनको लगतै विश्वव्यापी रिलिज गर्ने क्रममा आफू हाल अहोरात्र लागिरहेको जानकारी छायाँकार तथा सम्पादक सोहन मानन्धरले भिजन संसार डटकमलाई वताएका छन्।

प्रकाशन मिति–२०७८ साल बैशाख १७ गते शुक्रवार ।