काठमाडौ। नेकपा एमालेको आधिकारिक ट्रेड युनियन जिफन्टको घटक संस्था राष्ट्रिय सौन्दयकर्मी नेपालको काठमाडौ, ललितपुर तथा भक्तपुर कमिटीको आयोजनामा दुई दिने नेतृत्व विकास तालिम संपन्न भएको छ।

काठमाडौ, ललितपुर तथा भक्तपुर जिल्लाका गरेर ३० जना ब्युटीसियनहरुलाई नेतृत्व विकास तालिम दिइएको राष्ट्रिय सौन्दयकर्मी नेपाल काठमाडौ जिल्ला कमिटीकी अध्यक्ष गंगा ज्यो श्रेष्ठले भिजन संसारलाई भनेकी छन्। सौन्दयकर्मी अर्थात व्युटिसियनको सरोकार–सामाजिक सुरक्षा हाम्रो अधिकार नारासहित दुईदिने नेतृत्व विकास तालिम संपन्न भएको हो।

तालिम कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघका महासचिव बिष्णु लम्साल, प्रदेश नंबर ३ का महासचिव जनक चौधरी र सचिव रामहरि नेपाल, केन्द्रिय महासचिव व्युटिसियन पबि गुरुङ लगायतले नेतृत्व विकास तालिम प्रदान गरेका हुन्। कार्यक्रमको अगुवाई तथा नेतृत्व भने राष्ट्रिय सौन्दयकर्मी नेपाल काठमाडौ जिल्ला कमिटीकी अध्यक्ष गंगा ज्यो श्रेष्ठले गरेकी थिइन्।

प्रकाशन मिति–२०७४ साल कात्तिक २१ गते मंगलवार ।