काठमाडौं। नेपालको सौन्दर्य क्षेत्रमा बेग्लै नाम तथा पहिचान राख्न सफल विशिष्ट सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठ विशिष्ट सौन्दर्य सम्मानवाट सम्मानित बनेका छन्। काठमाडौंको चावहिल सरस्वतीनगर स्थित चलचित्र विकास वोर्डको हलमा आयोजित भव्य समारोहमा सौन्दर्यविज्ञ श्रेष्ठ विशिष्ट सौन्दर्य सम्मानवाट सम्मानित बनेकी हुन्।

नेपालको सौन्दर्य क्षेत्रमा अतुलनीय योगदान दिएवापत सौन्दर्यविज्ञ श्रेष्ठलाई उक्त सम्मान दिइएको आयोजक क्रियटिभ इन्साइट मिडियाले जनाएको छ। क्रियटिभ इन्साइट मिडियाको आयोजना तथा रोज सीप विकास तालिम केन्द्रको व्यवस्थापनमा नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेसन डिजाइनरहरुको लागि नेपाल व्युटीसियन एण्ड फेसन अवार्ड २०७८ आयोजना भएको हो।

यसै आयोजनामा आयोजकले रुश्का बैद्य श्रेष्ठको विशिष्ट मूल्यांकन सहित सम्मान प्रदान गरिएको हो। उक्त सम्मान पाएपछि भिजन संसार डटकमसंगको संक्षिप्त कुराकानीमा श्रेष्ठले यो सम्मानवाट आफूलाई आफ्नो काममा थप जिम्मेवारी महशुश भएको र सम्मान दिने सवैलाई धन्यवाद तथा आभार व्यक्त गरेकी छन्।

सोही अवार्ड कार्यक्रममा विशिष्ट सौन्दर्यविज्ञ श्रेष्ठकी सुपुत्री रुबिस्का श्रेष्ठले वेष्ट नेल टेक्निसियन अफ दि इयर अवार्ड जितेकी थिइन्। एउटै कार्यक्रममा आमालाई सम्मान र छोरीले अवार्ड जितेर सौन्दर्य क्षेत्रमा नयाँ आयाम कायम गर्न सफलता प्राप्त गरेको छ।
प्रकाशन मिति–२०७८ साल असोज ५ गते मंगलवार ।