thaneswar-gautam-1लण्डन। नेपालका गायक थानेश्वर गौतमको एकल सांझ संपन्न भएको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सोमवार भव्यताकासाथ संपन्न भएको त्यहाँका सञ्चारकर्मी विजय डंगोलले बताएका छन्। केही समयअघि बेलायतमा दर्जनौ कार्यक्रम संपन्न गरेर स्कटल्याण्ड पुगेका गौतमलाई त्यहाँ सम्मान पनि गरिएको छ।

thaneswar-gautam-2

गायक गौतमको एकल साँझमा एडिनवर्ग र ग्लास्कोमा बसोबास गर्ने नेपालीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा गायक गौतमले नेपाली गीत–गजलको अलावा लोकसंगीत, सालैजो, रोइला, पञ्चेबाजा जस्ता भरपूर गीत गाएर सवैलाई मन्त्रमुग्ध बनाइदिएका थिए।

thaneswar-gautam-3

गोविन्दराम कँडेलको सञ्चालनमा भएको उक्त कार्यक्रममा स्कटल्याण्डका समाजसेवी तथा व्यवसायी धनवहादुर केसी, शशी चालिसे, नविन कंडेल, विमल बस्नेत, चेतन सापकोटा, रेशम बुढाथोकी, दिलु गैरे लगायतले गायक गौतमलाई विशेष सम्मान प्रदान गरेका थिए।
प्रकाशन मिति–२०७३ साल असोज १२ गते बुधवार ।