लण्डन। स्कटल्याण्डको एडिनबर्गमा बसोबास गर्दैआएका लोकदोहरी गायक रमेश भण्डारीले रोइला गीतको भिडियो सार्वजनिक गरेका छन्।

11642नेपाल स्कटल्याण्ड युथ ग्रुपका सदस्य समेत रहेका गायक भण्डारीको पर्छ आखिर विहे गर्न बोलको भाका रहेको गीतमा गायिका जमुना सनमले साथ दिएकी छन्। स्कटल्याण्डमा रहेका भिजन संसारका समाचारदाता विजय डंगोलका अनुसार गायक भण्डारीको शव्द संकलन तथा गायन र अभिनय रहेको छ।

बेलायतका विभिन्न स्थानमा बेजाड प्रतिभा प्रदर्शन गर्ने कार्य पनि गायक भण्डारीवाट हुंदैआएको छ। आफ्नो पहिलो रोइला गीतलाई प्रवास स्कटल्याण्डवाट सार्वजनिक गर्न पाएकोमा निक्कै खुशी लागेको र सवैले हेरेर राम्रो–नराम्रो प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा पनि गायक भण्डारीले गरेका छन्।

प्रकाशन मिति–२०७३ साल मंसीर १९ गते आइतवार ।