काठमाडौ। राजधानी काठमाडौ र ललितपुरका स्कुलहरुमा विहानै बम राखेर आतंकित पार्ने तथा दुई स्कुलमा बम विस्फोट गराउने गिरोहका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएका ती अभियुक्तहरुलाई मंगलवार साँझ महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

bomb-bisphotak

विस्फोटमा संलग्न दुई अभियुक्तमा रामेछापका शंकरवहादुर लाखे र सिन्धुलीका चन्द्रवहादुर तामाङ्ग छन्। विस्फोटको घटनाका प्रमुख योजनाकार भने मीन देवकोटा र सुमन श्रेष्ठ भने फरार रहेको प्रहरीले जनाएको छ। देवकोटा अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी केन्द्र र श्रेष्ठ योङ कम्युनिस्ट फोर्सका संयोजक रहेको प्रहरीले जनाएको छ।

यिनीहरु दुबै माओवादीका पूर्वलडाकुहरु रहेको अनुसन्धानबाट खुलेको र उनीहरुले अपराध स्वीकार गरेको पनि प्रहरीले जनाएको छ। लाखे, तामाङ र देवकोटा केही महिनाअघि राजधानीमै एउटा विद्यालयको बस जलाएको अभियोगमा पक्राउ परेको र अदालतको आदेशमा दुई साताअघिमात्रै छुटेका पटकेहरु भएको पनि प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल असोज ४ गते मंगलवार ।