काठमाडौं। ड्यासिङ पर्सनालिटी तथा प्रभावशाली प्रतिभा दुवै एकसाथ कमैले मात्र पाउने गरेको छ । यी दुई कुरा एकसाथ पाएकी निलिमा नकर्मीको बेग्लै पहिचान रहेको छ। हुन त ग्ल्यामर क्षेत्रमा अभिनय तथा ट्यालेन्ट दुवैको कारण बेग्लै पहिचान राख्ने कार्य गर्दैआएकी निलिमा नकर्मी सामाजिक क्षेत्रमा पनि अग्रता दिदैआएकी समाज सेवी पनि हुन्।

अभिनय कलालाई विशेष महत्व दिने गरेतापनि समाज सेवालाई आफूभित्रै लुकाएर हिंड्दै चुपचाप विभिन्न सामाजिक कार्य गर्दैआएकी निलिमा समाज सेवालाई हाइड गर्नमा नै बढी रुचि राख्ने गर्छिन्। खोलाको किनार देखाउने पक्षमा निलिमा रहेकी छैनन्।

विगत तीन दशकदेखि विभिन्न क्षेत्रमा आवद्ध हुंदै दर्जनौ दर्जन नेपाली तथा नेपालभाषा दुवै क्षेत्रका चलचित्र तथा विभिन्न गीतका म्युजिक भिडियो तथा फेसन परेडहरुमा
पनि ड्यासिङ अभिनय गरिसकेकी छन्।

एक से एक हिरोइनहरुलाई माथ खुवाउने पर्सनालिटी तथा प्रतिभा भएतापनि क्यारेक्टर रोलहरुमा नै रमाउंदैआएकी निलिमा आफ्नो जिन्दगीवाट आफै रमाउंदै हिंड्नु पर्दछ भन्ने पक्षधरकी रहेकी छन्। जसको कारण आफूलाई आफ्नै स्टाइल मज्जा लाग्ने गरेको वताउंछिन्।

प्रकाशन मिति–२०७८ साल कात्तिक ७ गते आइतवार ।