ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर १६ ले योग साधना केन्द्र संचालन गरेको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले योग साधना केन्द्रको विधिवत रुपमा उदघाटन गरेपति संचालनमा आएको हो।

योग साधना केन्द्रका अध्यक्ष एवं संंरक्षक समेत रहेका वडा अध्यक्ष निर्मलरत्न शाक्यले स्थानीय निकायमा वडा स्तरमा पहिलो पल्ट योग साधना केन्द्र संचालन भएको खुलासा गरेका छन्। वडा नंबर १६ ले संचालन गरेको ५ दिने योग शिविरको समापन समारोहकै अवसर पारी योग साधना केन्द्र आरम्भ गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि पतञ्जली योग समिति नेपाल बागमती प्रदेश संगठन मन्त्री कमलप्रसाद घिमिरे, पतञ्जली योग समिति नेपाल बागमती प्रदेश संगठन मन्त्री शारदा रिमाल, पतञ्जली योग समिति ललितपुर जिल्ला अध्यक्ष जोहन गोपाल कायस्थ लगायतको उपस्थिति रहेको थियो। पतञ्जली योग पीठको शाखाका रुपमा संचालन हुने १६ वडा योग साधना केन्द्रको पदेन सदस्यमा वडा सदस्यहरु पञ्चबज्र बज्राचार्य, मदन महर्जन र बबिता श्रेष्ठ रहेका छन्।

विक्रम शाक्यको संयोजकमा संचालन हुने योग शिविरको सह–संयोजक दिनेश शर्मा, सचिव विणा शाक्य, सह–कोषाध्यक्ष दानशोभा शाक्य, ज्येष्ठ सदस्य अशोक श्रेष्ठ, युवा सदस्य विनोद बज्राचार्य, सदस्य नन्दकिशोर श्रेष्ठ, रोजन बज्राचार्य, दिनेश डंगोल रहेका छन्। योग ललितपुर महानगरपालिका १६ वडा बालिफलमा रहेको अशोक पार्टी प्यालेसमा नियमित रुपमा सञ्चालन हुनेभएको छ। यसका लागि प्यालेसले निःशुल्क हल एवं पार्टी प्यालेस परिसर उपलब्ध गराउने जनाएको छ।

प्रकाशन मिति–२०७९ साल साउन ७ गते शनिवार ।