विशेष सम्पादकीय–

स्थानिय निर्वाचनवाट घर–आंगनको सरकार रोज्ने प्रमुख माध्यम हो। अरु आम निर्वाचनभन्दा फरक निर्वाचन स्थानीय निर्वाचनमा घर–आंगनकै मान्छे चुनेर घर–आंगनकै सरकार चुन्ने कार्य हुन्छ। यस कार्यमा पुरानाभन्दा नयाँ पुस्ताको खोजी जनताले गरेको देखिएको छ। अघिल्लो पाँच वर्षमा राम्रा कार्य गर्नेहरुलाई फेरि जिताएर कदर गरेका पनि छन्। खासै काम नगरेका र गरेको जस्तो अभिनय गर्नेहरुलाई हालसम्मको निर्वाचन परिणाममा घाक्रेठ्याक लगाउने कार्य पनि भएको छ।

यसक्रममा नयां पुस्ताको चाहना बमोजिम नामै नसुनेका व्यक्तिले पनि शिखर चढ्ेका छन्। यसक्रममा स्थानीय निर्वाचनमा व्यापक रुपमा चासोको विषय बनेको काठमाडौं महानगरपालिकाको निर्वाचनको परिणाम धमाधम सार्वजनिक हुंदैगर्दा स्वतन्त्रका युवा उम्मेदवार बालेन साहको नाम अग्रपंक्तिमा आउनु र उनमा जनमत केन्द्रित हुनुले पनि पुराना पुस्ताका नेताप्रति नेपाली जनताको आकर्षण र मोह घटेको प्रष्ट भएको छ।

पुरानाका धेरै बकुम्फुसे गफ र काम धेरै हेरियो, अव नयाँ सोच तथा धारणाका नयाँ पुस्ताको काम पनि हेरौ भन्ने जमातका कारण बालेन साहजस्ता युवा काठमाडौं महानगरपालिका जस्तो देशको संघीय राजधानी भएको काठमाडौंमा नेकपा एमाले तथा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई धेरै पछि पारेर अघि बढ्ेको मतगणनाको परिणामवाट देखिएको छ।

युवाले कुनै राजनीतिक पार्टी भनेर हेरेको पाइएको छैन्। राम्रो भिजन र मिसन भएका मान्छेको खोजी गर्ने क्रममा बालेन साहजस्ताको खोजी गरेको हो। मेयरमा जसरी बालेनको अग्रता छ, त्यस्तै उपमेयरमा पहिला स्वतन्त्रवाट मेयरमा उठ्ने भनेर उदघोष गरेकी पूर्व मिस नेवाः सुनिता डंगोल पछि नेकपा एमालेको सूर्य ध्वजावाहक चिन्हवाट चुनाव लडेपनि उनीतिर युवादेखि बृद्ध सवैको जनमत ओइरिएको छ।

जस्तोका कारण प्रतिव्दन्दी उम्मेदवारभन्दा तीन गुणा मतले उपमेयर पदकी डंगोलको अग्रता रहेको छ। कुनै चमत्कार नभएमा यही रफ्तारमामा चुनावी परिणाम जनसमक्ष आउदै गरेमा मतगणनाको अन्तले काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह तथा उपमेयरमा सुनिता डंगोल आउने निश्चित जस्तो संभावना छ।

यसकारण, युवाले चाहेमा देश बदल्न तथा समाज परिवर्तन गर्न सहजै रुपमा सकिन्छ भन्ने स्थानीय निर्वाचनमा यो पहिलो उदाहरण बन्न पुगेको छ।

जनताले हरदम परिवर्तन खोजिरहेको हुन्छ। त्यो परिवर्तनमा गर्न सक्ने भिजन भएको भिजनधारी मानिस खोजिरहेको अवस्थामा विद्यमान राजनीति गर्ने नेताहरुको कार्यशैलीवाट वाक्क दिक्क भएकाहरुले परिवर्तन खोज्नु स्वभाविकता हो।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल जेठ ९ गते सोमवार ।