काठमाडौं। स्थानीय निर्वाचनमा स्थानीयको निक्कै चासो र उत्साह देखिएको छ। घर–आँगनको सरकार चुन्नमा स्थानीयवासी सहभागिता र उत्साहमा बृद्धि भएको हो।

जसको कारण काठमाडौंमा स्थानीय निर्वाचन २०७९ ले सकारात्मक सन्देश प्रवाह गरेको छ। घर–आँगनको सरकार चुन्नका लागि घर–आँगनवाटै मतदान गर्न आउनु पर्दछ भन्ने धारणाको पनि विकास भएको पाइएको छ।

त्यसमाथि, स्थानीय निर्वाचनमा उम्मेदवारहरुप्रतिको चासो र उनीहरुको वारेमा मतदाताहरुले अन द स्पट सोधनीति गरेको दृश्य रोचक पाइएको छ। अर्कोतर्फ, चर्को घाममा शितलता प्रदान गर्न र गराउन विभिन्न स्थानमा खानेपानीको व्यवस्था भएवाट स्थानीय निर्वाचन पर्यवेक्षण गर्नेहरु पनि सन्तुष्ट देखिएको पाइएको छ।

स्थानीय निर्वाचन पर्यवेक्षणमा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल देखि नेपाली संगीतको रत्न शंभुजीत बासकोटासमेत देखिए । पोखरेल देखि बासकोटासम्मले स्थानीय निर्वाचन शान्तिपूर्ण र सवैको चाहना अनुरुप भएको टिप्पणी गरेका छन्।

प्रकाशन मिति–२०७९ साल बैशाख ३० गते शुक्रवार ।