Sadhe Judaiकाठमाडौ। स्पेनमा साँढे जुधाईका क्रममा एक जना मारिएका छन्। २९ बर्षीय बारियोलाई सांढेको सिंगले छातीमा हान्दा उनको मृत्यु भएको हो। स्पेनको पूर्वी शहर तेरुइलमा भइरहेको साँढे जुधाई प्रतियोगिताको टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहँदा उनी मारिएको दृष्य विश्वव्यापी भएको थियो।

Sadhe Judai1

बारियोको मृत्युप्रति स्पेनका प्रधानमन्त्री मारियानो रायोज पेडले समवेदना प्रकट गरेका छन्। यस खेलका क्रममा बितेको एक शताब्दीमा १ सय ३४ जनाको मृत्यु भइसकेको छ । जसमा ३३ जना साँढे जुधाईमा संलग्न रहेका छन्। बर्षेनी २ हजार साँढे जुधाई प्रतियोगिता हुने स्पेनमा खेल हेर्न देश विदेशमा हजारौं पर्यटक पुग्ने गर्दछन्। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल असार २६ गते आइतवार ।