काठमाडौ। सामाजिक विकासमा अग्रणी संस्था संकल्प विकास केन्द्र नेपाल तथा काठमाडौ महानगरपालिकाको संयुक्त आयोजनामा व्युटीसियन तालिम संपन्न भएको छ।

डेढ महिनाको अवधिमा स्पेशल व्युटीसियन कोर्शको तालिम प्रदान गरेर २० जना महिला दिदीबहिनीहरुलाई दक्ष बनाउने कार्य भएको आयोजक संकल्प विकास केन्द्र नेपालले भनेको छ।

तालिम समापन समारोहमा प्रमाण–पत्र वितरण गर्दै काठमाडौ महानगरपालिका सामाजिक विकास विभागका निर्देशक नवराज थापाले यो तालिमले महिला दिदीबहिनीहरुको क्षमता अभिबृद्धि कार्यमा विशेष मदत पुग्न गएको बताएका छन्।

संकल्प विकास केन्द्र नेपालका प्रमुख सल्लाहकार तथा सञ्चार मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष नारायण राईको सभापतित्वमा भएको समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रममा संकल्प सम्मान–२०७० व्दारा सम्मानित अव्दितीय कलाका धनी व्यक्तित्व इन्द्रमान महर्जनको पनि आतिथ्यता रहेको थियो।

तालिममा सहभागी महिला दिदीबहिनीहरुले तालिम छोटो भएतापनि आफूहरुले धेरै ज्ञान पाएको भनेका छन्। दक्ष व्युटीसियन बन्न आफूहरुलाई मार्ग प्रशस्त गरेको पनि उनीहरुले बताए।

प्रकाशन मिति–२०७४ साल फागुन १९ गते शनिवार ।