काठमाडौं। बेलायतमा बसोबास गर्दैआएका स्रष्टा ज्ञानीशोभा तुलाधर नेवाःको ज्ञानी सः नामक कृतिको विमोचन भएको छ। नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठले स्रष्टा तुलाधरको उक्त कृति विमोचन गरेका हुन्।

विगत १२ बर्षदेखि वेलायतमा वसोबास आएका स्रष्टा तुलाधर बेलायतमा रहेतापनि उनको कृति भने नेपालमा विमोचन भएको हो। बेलायतवाट विमोचित कृतिका स्रष्टा तुलाधर स्काइप मार्फत सभाकक्षको पर्दामा मात्र देखा परेर वेलायतबाटै आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा जनकवि श्रेष्ठलाई डाक्टर शान्तवीर सिं तुलाधरले दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए। विमोचित कृतिमा नेपालभाषामा सिर्जित ३८ वटा कवितालाई, नेपाली र अंग्रेजी भाषामा अनुवाद मात्र नगरिकन प्रचलित नेपाल लिपि, देवनागरी लिपि र रोमन लिपिमा लिपिबद्ध रहेको छ। जुन कृतिको वारेमा डा केशवमान शाक्यले समीक्षा गरेका थिए।

अनुप सिं सुवालले संचालन गरेको उक्त कार्यक्रममा विमोचित कृतिकी स्रष्टा तुलाधरका पुत्र आःन्हूद्वःदँतःज्ञांजः वीर सिंह तुलाधरले स्वागत मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरेर, स्रष्टाकी पुत्री न्ह्यूमिला शोभा तुलाधरले धन्यवाद् ज्ञापन गरेकी थिइन्।

प्रकाशन मिति–२०७५ साल असोज २ गते मंगलवार ।