काठमाडौ। शारीरिक रुपमा मोटो हुने प्रायको चाहना स्लिम हुनु नै हो। मोटोपना आफैमा रोगको घर हो।

यो रोगको घरमा अनावश्यक बोसोको कारण मोटोपना बढाइरहेको हुन्छ। तसर्थ, त्यो मोटोपना बढाउने बोसो घटाएर स्लिम बन्ने विशेष घरेलु उपाय नभएको होइन्।

त्यसलाई तपाई–हामीले हाम्रो खानामा प्रयोग गर्न नजानेको मात्र हो। ती घरेलु उपाय प्रयोग गरेर तपाई स्लिम बन्न सक्नु हुन्छ। मोटोपना घटाउने निम्न प्राकृतिक घरेलु उपाय यस प्रकार रहेको छ–

Slim & fat women
१. लसुनः
लसुन एक प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ। लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ। जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस्।

२. ग्रीन–टीः
पछिल्लो केही वर्षमा ग्रीन–टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ।

३.केराः
यदि तपाईंलाई फास्ट फूड खाने लत लागेको छ। तर, खान छोड्न चाहनुहुन्छ भने आज देखि नै केरा खान शुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ। यसले फास्ट फूडको लतलाई कम गर्दछ। जसले तौल कम गर्न सहयोग गर्दछ।

४.पुदीनाः
एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ। पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ।

५. दालचीनीः
यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचीनीको उपाय तपाईंको लागि फाइदाजनक हुनेछ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ। एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाउनुहोस्। यो पेयलाई दैनिक दुई पटक पिउँदा केही दिनमा नै असर देखिनेछ।

६.स्याउः
स्याउ खाएर आफ्नो बढिरहेको बोसोलाई तपाईं घटाउन सक्नुहुन्छ। स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन। जसले तौल कम गर्न मद्दत गर्दछ ।

७.ओमेगा थ्रीले भरपुर खानेकुराः
तोफु, पालुङ्गो, चिज, ओखर, अंडालगायतमा ओमेगा थ्री तत्व पाइन्छन् । यसले तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ ।

प्रकाशन मिति–२०७४ साल असोज ११ गते बुधवार ।