ललितपुर । खुशी पाउनका लागि खुशी दिन जान्नु पर्दछ। खुशी दिएमा निश्चित रुपमा खुशी पाउने कुरामा शंका नै हुंदैन । यही कुरावाट अत्यन्त प्रभावित अभिनेत्री अनिता केसीले शनिवार माइति–चेलीको उदाहरण पेश गरेर खुशी बाँडेकी छन्।

ललितपुर महानगरपालिका वडा नंबर १४ ताल्छिखेल रिङरोड नजिक अवस्थित स्वच्छ नेपालमा आश्रित १७ जना बालबालिकासंग खुशी बाँडेर माइति–चेलीको उदाहरण पेश गरेकी हुन्। हिन्दू नारीहरुको महान पर्व तिजको अवसरमा स्वच्छ नेपालमा आश्रित बालबालिकालाई तिजको दरको रुपमा खीर भोजन गराएर खुशी बाँडेको जानकारी अभिनेत्री अनिता केसीले भिजन संसार डटकमलाई दिएकी छन्।

केसीले अतुलनीय खुशी दिएर आफूहरुलाई माइति नै मानेर खीर भोजन गराएकोमा स्वच्छ नेपालमा आश्रित बालबालिकाले पनि धेरै पछि आफूहरुले दिदी पाएको बताएका छन्। स्वच्छ नेपालका प्रमुख देवराज तमाटाले कोरोनाको कारण संकटमा परेको स्वच्छ नेपालमा १७ जना बालबालिकालाई खुशी दिने कार्य अभिनेत्री केसीवाट भएको बताए ।

सुदुरपश्चिम नेपालका विकट तथा विपन्न वर्गका बालबालिकालाई उचित शिक्षादिक्षा दिन तथा उनीहरुको जीवन स्तर उकास्न स्थापित स्वच्छ नेपाल दाताहरुको सहयोगवाट संचालित संस्था भएको कारण विवाह, जन्म दिन लगायतका विभिन्न उत्सवहरुमा खुशी बाँड्न स्वच्छ नेपालमा आएर सहयोग गर्न स्वच्छ नेपालकी उप–प्रमुख धन लोहारले आव्हान गरेकी छन्।

प्रकाशन मिति–२०७८ साल साउन २३ गते शनिवार ।