ललितपुर । विलक्षण प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन चुप लागेर बस्ने मान्छे नै होइन। कुनै न कुनै कार्यक्रम गर्न र गराउनमा व्यस्त बनिरहने कलाकार हुन।

यसक्रममा महर्जनकै संयोजकत्वमा अयला गुलु नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। एकराज महर्जनको गायन तथा अग्रज अभिनेता पवन जोशीको शव्द रचना अनि अनिल तुलाधरको संगीत रहेको अयला गुलुमा तिर्थ अवाले कुमा र रोहणी लामाको विशेष अभिनय रहेको छ।

निर्देशन सुजन बज्राचार्य ख्वपेले गरेका छन्। भिडियो सम्पादन अनिल कुमार महर्जनको रहेको छ। निर्माण जेनेक्स मिडिया नेपालले गरेको छ। संयोजन तथा सहकार्य संसार्स क्रियशन नेपालको छ। निर्माता शान्ति महर्जन रहेकी छन्। म्युजिक भिडियोको छायाँकन रमणिय नगरी खोकनामा भएको हो।

प्रकाशन मिति–२०७९ साल कात्तिक ५ गते शनिवार ।