ललितपुर । कोरोना महामारीको यो विपतको वर्तमान अवस्थामा सरकारले लकडाउन मात्र गर्न जानेको छ। नेपाली जनतालाई राहत दिन नजानेको यो विषम अवस्थामा नेपाली जनता आफै सक्दो सहयोग गर्ने कार्यमा जुटिरहेका छन्।

यसक्रममा, हरेक समय क्रियटिभ कार्य गर्न अत्यन्त रुचि राख्ने मेधावी कलाकार स्वतन्त्र संसार महर्जन पनि राहत सहयोग वितरण गर्ने कार्यमा अग्रपंक्तिमा देखिएका छन्। फरक ढंगवाट फरक सोचवाट राहत वितरण गर्ने कार्यमा कलाकार महर्जनको उल्लेखनिय योगदान रहेको छ। विपतको वर्तमान अवस्थामा धादिङको रोराङ गाउंपालिका ताल्ती पुगेर त्यहाँ विपतमा रहेका दुर्लभ चेपाङलाई सक्दो राहत सहयोग प्रदान गरेर सहयोगको हात बढाएका छन्।

त्यसपछि, काठमाडौं उपत्यकाकामा जारी लकडाउनमा सुरक्षा क्षेत्रमा अहोरात्र लागिरहेका नेपाल प्रहरी तथा ट्राफिक प्रहरीलाई तातो चिया, चिसो र खाजा वितरण गर्ने कार्यमा पनि नौलोपना दिने कार्यमा स्वतन्त्रको टीमको अग्रता रह्यो। कसैलाई खानै भएन भनेर, पिरोलिरहेका कसैको खवर आउनासाथ घरमा रहेका दाल–चामल तथा मसला–भुटन जे छ–त्यसलाई राहतको रुपमा वितरण गर्ने कार्यमा निरन्तरता दिइरहेको जानकारी कलाकार महर्जनले दिएका छन्।

त्यस्तै, नेपाल चलचित्र कलाकार संघ मार्फत चलचित्रकर्मी विपत व्यवस्थापन कोषलाई पनि नगद ५ हजार ५ रकम सहयोग गर्ने कार्य पनि कलाकार महर्जनवाट भएको छ। हालसम्म व्यक्तिगत रुपमा आफूले सक्दो सहयोग गर्ने कार्य भैरहेको जानकारी पनि कलाकार महर्जनले भिजन संसार डटकमलाई वताएका छन्।

कोही भोको भएको सानैदेखि हेर्न नचाहेको र सवैको पेट भरेको हेर्न चाहने सोचले नै यो विपतको वर्तमान अवस्थामा स्वतःस्फूर्त सहयोग गर्न आफूले कम्मर कसेको कलाकार महर्जनले स्पष्ट पारेका छन्।

प्रकाशन मिति–२०७८ साल असार ६ गते आइतवार ।