काठमाडौं। हरदम सिर्जनात्मक सोचको विकास गर्ने अथक परिश्रमी अनि आँटिला तथा धैर्यका प्रतिक स्वतन्त्र संसार महर्जन चुप बस्ने मान्छे नै होइन। जस्तोसुकै समस्या अनि खराब स्वास्थ्यस्थितिका बाबजुद पनि सिर्जनात्मक सोच तथा कार्य गर्दैआएका स्वतन्त्र संसार महर्जन आफैले निर्देशन गरेको अनि आफैले अभिनय गरेको गीतको भिडियो रिलिज गरेर चुप बस्ने मान्छे होइन भनेर अर्को प्रमाण थपिदिएका छन्।

नजाऊ टाढा क्षितिजमा बोलको गायिका कल्पना श्रेष्ठको बेजोड गायन रहेको यस गीतको रिलिज भएयता स्वतन्त्र संसार महर्जनको थप उचाइ चुलिएको हो। तबलाका महिला उस्ताद मञ्जु नकर्मीको संगीत तथा दीपक आंशु विवशको रचना रहेको यस गीतको भिडियोमा स्वतन्त्र संसार महर्जन आफै नायक बनेका छन्। नायिका शोभा महर्जनको सपनामा चुरोटको अम्मली भएकै कारण स्वतन्त्रको क्यान्सर जस्तो घातक रोगवाट मृत्यु भएको शोक परेको देखाएको छ। जुन सूचनामूलक सन्देश नै बन्न पुगेको छ।

चुरोट खाने ९८ प्रतिशतलाई फोक्सोको क्यान्सर हुने डाक्टरहरुको प्रक्षेपणलाई गीतको भिडियो मार्फत राम्रो सन्देश दिन खोजेको छ। जुन यस भिडियोको सकारात्मक पक्ष रहेको छ। यस गीतको भिडियोमा नायक स्वतन्त्र संसार महर्जन तथा नायिका शोभा महर्जनका साथमा बाल कलाकार सम्बत संसार महर्जनको समेत अभिनय रहेको छ। सोहन मानन्धरको छायाँकन तथा सम्पादन, सहायक निर्देशन प्रेमहा संसार महर्जनको रहेको छ। प्रेमहा संसार महर्जन,संगीता गुरुङ र वीरबल रोका क्षेत्री निर्माता रहेका छनभने परिकल्पना र निर्देशन स्वतन्त्र संसार महर्जनको रहेको छ।

 

प्रकाशन मिति–२०७९ साल असार ३१ गते शुक्रवार ।