काठमाडौं। नेपालभाषाको पहिलो र सर्वाधिक अवार्ड भएको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड गत माघ १० गते शुक्रवार नै भव्य तथा सभ्यरुपमा संपन्न भएको छ। काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संसार क्रियसन्सका कार्यकारी प्रमुख बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जनको आयोजनामा भव्य तथा सभ्य कार्यक्रम भएको थियो।

तिनै अवार्ड कार्यक्रमको समापन समारोह भने, शुक्रवार काठमाडौंको प्रदर्शनीमार्ग स्थित पर्यटनबोर्डको सभाभवनमा भएको हो। जसमा अवार्ड कार्यक्रममा अवार्डेट ६६ जनालाई अवार्डको आधिकारिक पत्र तथा वांकी सहयोगी संघ–संस्था र संञ्चारकर्मीहरुलाई सम्मान–पत्र प्रदान गरिएको थियो। कार्यक्रम नेपालका महान कलाकार कमेडी किङ मदनकृष्ण श्रेष्ठ तथा नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको थियो।

यस कार्यक्रमवाट एउटा गीतको म्युजिक भिडियोमा पनि ६६ भन्दा धेरै विधामा अवार्ड हुन्छ र अवार्ड दिन सकिन्छ भन्ने प्रमाणित भएको छ। नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड आफैमा कीर्तिमानी अवार्ड हो। यस अवार्ड कार्यक्रम गिनिज बुकको वल्र्ड रेकर्डको प्रत्यासी बन्न पुगेको छ।

गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि आवश्यक प्रोसेस भैसकेको र त्यसको कन्फरमेसन पनि प्राप्त भैसकेको जानकारी आयोजक संसार क्रियसन्सका अध्यक्ष तथा कार्यकारी प्रमुख स्वतन्त्र संसार महर्जनले भनेका छन्। जसको छिनोफानो चाँडै हुने भएको छ। यस हिसावले पनि बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन विश्व कीर्तिमान राख्ने होडमा रहेका छन्।

Photo by-Samjhana Thusa/Bhaktapur.

प्रकाशन मिति–२०७६ साल फागुन १७ गते शनिवार ।