–श्याम स्मृत
काठमाडौं। । विश्वको नोबल जबमा जीवन बीमा व्यवसायलाई लिइने गरेको छ। विश्वको नोबल जबमा शिक्षण पेशा पछिको सर्वोत्कृष्ट पेशाको रुपमा जीवन बीमा व्यवसायलाई लिइने गरेको छ। एकातिर मानिसको जीवनको रक्षा अनि अनिवार्य बचत गर्ने र गराउने पेशा भनेकै जीवन बीमा व्यवसाय हो ।

यो पेशा सामाजिक सरोकारसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोड्ने भएको कारण जीवन बीमा व्यवसाय अत्यन्त सामाजिक कार्य भएको जिकिर विगत १८ बर्षदेखि निरन्तर यो पेशालाई अपनाएर अग्रपंक्तीमा रहेका जीवन बीमा व्यवसायी स्वदेश महर्जनको जिकिर रहेको छ। लाइफ इन्स्योरेनस कर्पोरेशन नेपाल लिमिटेड अर्थात एलआइसी नेपालका सिनियर एजेन्सी म्यानेजर स्वदेश महर्जन संघीय नेपालको राजधानी काठमाडौंको क्षेत्रपाटी ढल्कोमा जन्मेका उनी सन् २००४ सालदेखि यो पेशामा आवद्ध भएर अविच्छिन्न कार्यरत छन्।

आफ्नो जीवन बीमा क्षेत्रमा समर्पण गरेका महर्जन आफू र आफ्नो परिवारको सुन्दर भविष्य, आफ्ना इष्टमित्र, आफन्तजन तथा आम सर्वसाधारणलाई बीमाको माध्यमबाट जोखिम हस्तान्तरण गर्ने अनि देश निर्माणको लागि पूँजी जुटाउने महान् अभियानमा छन् । उनको यात्रा निरन्तर चलिरहेको छ, सकारात्मक सोच अनि नविन खोजका साथमा दैनिक रुपमा फैलदै र झाँगिदैछ ।

बीमा व्यवसायी भएसंगै स्वदेश महर्जनको जीवन मात्रै होईन हजारौ मान्छेहरु जसले बीमा गराए वा बीमाको अभिकर्ता बने उनीहरु समेत सुरक्षीत भएका छन् । महर्जनसंग बीमा गरेका तीन हजार भन्दा बढी बीमित र आठ सय जना अधिकृत बीमा अभिकर्ताहरु यतिबेला जिन्दगीको घुम्तिमा कुनै घटना तथा दूर्घटना भएपनि सुरक्षित हुने बाटो तय गरेर आनन्दको निन्द्रा पाएका छन्।

स्वदेशको सफलताको रहस्य सविना
मानिसको जीवनमा नयाँ मोड कतिबेला आउँछ त्यो त केवल समयलाई मात्रै थाहा हुन्छ । विसं.२०५० सालमा काठमाडौंको ठहिटी स्थित सामुदायिक सरकारी स्कुल शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयवाट एसएलसी पास गरेर काठमाडौं पकनाजोल स्थित पिपल्स क्याम्पसको दैलौमा टेक्दैगर्दा कलेज लाइफसंगै नरदेवीमा खाद्यान्न पसल थापेर व्यापार व्यवसायमा हात हालेका स्वदेश महर्जनले पढ्दै कमाउने कार्यलाई निरन्तरता दिएका दिए ।

पिपल्स क्याम्पसवाट प्रमाणपत्र तह तथा शंकरदेव क्याम्पसवाट व्यवस्थापन संकायमा स्नातक उत्तिर्ण गरेका महर्जनको सोच तथा खोजमा पसलको व्यापार व्यवसाय स्वतन्त्रताको कैदी हो। विहानै देखि राति अवेरसम्म पनि पसलको व्यापार व्यवसायमा लाग्दा परिवारलाई समय दिन नै पाएन ।

विसं.२०५८ सालमा सविना महर्जनसंग प्रेम विवाह गरेपछि जीवनको अझ धेरै महत्व बुझेको बताउने महर्जन स्वतन्त्रताको कैदी व्यवसायवाट मुक्त बनेर पूर्णतया स्वतन्त्रता तथा सामाजिक सेवाको व्यवसायको खोजी गर्ने क्रममा आफूले जीवन बीमा व्यवसाय पाएको ख्ुलासा गर्छन्। विसं.२०६१ सालमा एलआइसी नेपालमा अधिकृत जीवन बीमा अभिकर्तावाट जीवन बीमा व्यवसायको करिअर शुरु गरेका महर्जन हालसम्म आइपुग्दा एलआइसी नेपालको सिनियर एजेन्सी म्यानेजर तथा तालिम अधिकृतको रुपमा क्रियाशील छन्।

पेशागत बीमा अभिकर्ता संघ एलआइसी नेपालको पूर्वअध्यक्ष समेत रहेका स्वदेश महर्जन एजेन्सी म्यानेजर एशोसियसन एलआइसी नेपालको बर्तमान उपाध्यक्ष हुन्। अन्तरराष्ट्रिय सामाजिक संस्था लायन्स क्लव अफ काठमाडौं फेलोसिपका चार्टर मेमबर समेत रहेका महर्जन प्रेसिडेन्ट भएर हाल जोन चेअरमेनसम्मको यात्रामा छन्। जसरी जीवन बीमा पेशा मार्फत सामाजिक सुरक्षा प्रदान गरेर आरामको निन्द्रा दिने कार्य महर्जनले गरेका छन्।

त्यस्तै, सामाजिक रुपमा विभिन्न स्थानमा सेवा तथा सहयोग गर्ने कार्य लायन्स क्लव अफ काठमाडौं फेलोसिप मार्फत गर्ने र गराउने कार्यमा महर्जनको अग्रता निरन्तर कायम छ। आफ्नो जीवनको सानो जोखिम रक्षावरण गर्न जीवन बीमा गर्दा उनको जीवनको गन्तव्य र लक्ष्य मात्रै फेरिएन अब जीवनको परिचय नै बदलिएको छ । स्टक मार्केटमा पनि इन्भेष्टरको रुपमा सुपरिचित महर्जनको सपना अब बीमा क्षेत्रमा नयाँ इतिहास कायम गर्नेमा केन्द्रीत छ । महर्जन सानैदेखि स्वतन्त्रता चाहन्थे । आर्थिक रुपमा स्वतन्त्र भई आफ्नो जीवनमा नयाँ गोरेटो खोज्दै थिए ।

यसैबीचमा जीवन बीमा अधिकृत अभिकर्ता जीवनकै टर्निङ प्वाइन्ट बनेपछि यसैलाई मूलधारको व्यवसाय वनाउदै लग्दा जीवनमा आमूल परिवर्तन आएको दावी गर्ने महर्जनको यस कार्यमा सफलताको रहस्य जीवन संगीनी सविना महर्जनको साथ तथा सहयोग अनि सकारात्मक सोच भएको बताउछन्। हरेक विहान उठ्नासाथ आफू र आफ्ना अभिकर्ता साथीहरुले जीवन बीमा गराएका बीमितहरुको निरोगिताको लागि भगवानसंग प्रार्थना गरेर दिन शुरु गर्ने गरेको वताउने उनी समयसंग लम्कने घडीबाबाको रुपमा पनि परिचित छन्।

एलआइसी नेपालमा जीवन बीमा गर्ने बीमितहरुलाई सप्रेम समयको सूचक घडी उपहार दिने परम्पराको थालनी गर्ने स्वदेश महर्जनको आयामिक कार्यवाट सवै प्रभावित छन्। जसको कारण जहाँ घडी त्यहाँ स्वदेश महर्जन भन्ने एक किसिमको व्हीम ल्याउने कार्य पनि उनीवाट भएको छ। पूर्णतया शाकाहारी जीवन यापन गर्दैआएका संस्कारी महर्जनको सिद्धान्त भनेकै सकारात्मक सोच हो । आफ्नो जीवनवाट आफै आनन्द लिदै अरु कसैसंग तुलना नगरिकन अगाडि बढ्ने उनको नविनत्म सोच तथा खोजले गन्तव्य पहिचान नगरी भौँतारिरहेका युवाका लागि उनी आदर्श र प्रेरणाको स्रोत बनेका छन । उनको प्रष्ट दृष्टिकोण र लाइफ प्लानले ‘करिअर’लाई अघि बढ्न सहयोग पुगेको छ ।

बीमा क्षेत्रमा लागेको १८ बर्षको अवधीमा उतिबेलाका बीमितहरु र पछिल्ला बीमितहरुमा धेरै फरक देखा परेको अनुभव छ, महर्जनसँग । ‘अहिले बीमितहरु सचेत हुनुहुन्छ पहिलेका दिनहरुमा हामीले सबै कुरा बुझाएर एक हस्ताक्षर मात्र गराउनु पर्ने थियो भने अहिले बीमितहरुले आफै पढेर, बोनस बुझेर सबै कुरा नियालेर अध्ययन गरेर मात्र बीमा पोलिसी किन्न तयार हुनुहुन्छ,’ बल्ल बीमितहरु जागरुक भए जस्तो लाग्छ ।

नेपाली जीवन बीमा क्षेत्रका जति कुरा गरे पनि नथाक्ने, नव प्रवेशी बीमा अभिकर्ताहरुलाई तालिम र प्रशिक्षण दिन समेत सक्षम बौद्धिक एजेन्सी म्यानेजर महर्जनबाट नयाँ पुस्ताले धेरै सिक्न सक्छ । नव प्रवेशी बीमा अभिकर्ताहरुलाई सुझाव दिँदै महर्जनले भने, ‘बीमा क्षेत्र एक सामाजिक पुण्यको पेशाका काम भएकाले सफल अभिकर्ता हुनको लागि ग्राहकहरुसंग नियमित सम्र्पकमा रहने ग्राहकहरुसंग कहिलै नरिसाउने समधुुर सम्बन्ध कायम गरी राख्नु जरुरी छ ।’

(नामी साप्ताहिकवाट साभार)

प्रकाशन मिति–२०७९ साल फागुन ९ गते मंगलवार ।