काठमाडौं। डरलाग्दो घातक रोग क्यान्सर संवन्धी जनचेतनामूलक कार्यक्रम भएको छ। लायन्स क्लब अफ काठमाडौं स्वनिगःको आयोजनामा क्यान्सर रोग संवन्धी जनचेतनामूलक कार्यक्रम भएको हो।

घातक रोग क्यान्सर लाग्नासाथ मृत्यु भैहाल्ने र अव जीवन छैन भनेर निराश भैहाल्ने प्रवृतिलाई त्याग गर्नुपर्ने अवधारणालाई कार्यक्रममा ल्याइएको छ। क्यान्सर लागेपछि डराउने तथा हडबडाउने नगरिकन अव उप्रान्त आफ्नो जीवनमा गर्नुपर्ने वाँकी कार्य गरेर मृत्युलाई खुशी मृत्युमा परिणत गर्नुपर्ने यथार्थतालाई प्रकाशमा ल्याउने कार्य क्यान्सरविद डाक्टर अर्विन जोशीवाट भएको हो।

डाक्टर जोशीले क्यान्सर लाग्नासाथ तत्काल मृत्यु हुने भन्ने गलत सोचाई त्याग गर्नुपर्ने र क्यान्सरलाई जित्न सकिन्छ भन्ने मानसिकताको विकास गर्नु पर्ने कुरामा औल्याएका छन्। ह्याप्पी डेथ अर्थात खुशी मृत्युलाई स्वीकार्ने र खुशी मृत्युको वातावरण तयार गर्न र पार्न सचेत हुनुपर्ने अवधारणा पनि डाक्टर जोशीले ल्याएका हुन्।

कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजुले क्यान्सर सचेतना अवधारणा सवैको लागि लाभदायिक भएको जिकिर गरे। आयोजक स्वनिगःकै प्रेसिडेन्ट गेहेन्द्रगोपाल गुरुवाचार्य लगायतले क्यान्सर सचेतनाको आवश्यकता र महत्वको वारेमा प्रकाश पारेका थिए।

प्रकाशन मिति–२०७६ साल कात्तिक २ गते शनिवार ।