काठमाडौं। लायन्स क्लव अफ काठमाडौं स्वनिगःको आयोजनामा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई व्हील चिअर वितरण गर्ने कार्य भएको छ। काठमाडौंको भीमसेनगोला स्थित केन्द्रिय बहिरा विद्यालयको छात्रावासमा आइतवार आयोजित कार्यक्रममा व्हील चिअर वितरण गर्ने कार्य भएको हो।

गोकर्णस्थित स्वस्थ समाज नेपालमा आवद्ध रहेका दुईजना बौद्धिक अपाङ्गता भएका बालबालिकालाई दुईवटा व्हील चिअर प्रदान गरिएको छ। कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमुख आतिथ्यता तथा लायन्स क्लव इन्टरनेशनल ३२५बी१ का डिस्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठको विशिष्ट आतिथ्यता र बरिष्ठ लायन्स मणिश्री बज्राचार्य र प्रशान्त मानन्धरको आतिथ्यतामा उक्त व्हील चिअर वितरण कार्यक्रम भएको हो।

सोही कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं स्वनिगःको चार्टर प्रिजेन्टेसन कार्यक्रम पनि भएको थियो। त्यसैगरेर, केन्द्रिय बहिरा विद्यालयमा अध्ययनरत ४३ जना बहिरा विद्यार्थीहरुको छात्रावास पछाडि अझ व्यवस्थित छात्रावासका लागि टहरा ट्रस्ट निर्माणको सिलान्यास पनि भएको छ। त्यसका लागि आवश्यक सीड मनी पनि हस्तान्तरण गरिएको थियो।

आयोजक लायन्स क्लव अफ काठमाडौं स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजु, प्रेसिडेन्ट धर्मकुमार श्रेष्ठ लगायतले मानविय सामाजिक सेवामा लायन्स क्लव अफ काठमाडौं स्वनिगः निरन्तर लागिरहने प्रविबद्धता जाहेर गरेका छन्।


प्रकाशन मिति–२०७६ साल जेठ १२ गते आइतवार ।