काठमाडौं। स्वभाविक अभिनयका ख्यातिप्राप्त अभिनेता दीपक क्षेत्रीको ५८ बर्षको उमेरमा दुःखद निधन भएको छ। काठमाडौंको डिल्लीबजार चारखालमा बसोबास गर्दैआएका अभिनेता क्षेत्रीको निधन सुतेको अवस्थामा नै भएको समाचार रहेको छ।

लामो समयदेखि घाँटीको क्यान्सरका कारण स्वर दबिएकोले देश–विदेशका शुभचिन्तकहरुको सहयोगवाट उपचार गर्दैआएका अभिनेता क्षेत्री केही समययता स्वास्थ्यलाभ गर्दैआएका थिए।

शुक्रवारवाट काठमाडौंमा बढेको व्यापक चिसोमा सुतेको अवस्थामा निधन भएवाट धेरैले चिसोको कारण मृत्यु भएको आँकन गरिएतापनि यकिन भएको छैन्।

क्षेत्रीको जीवन संगीनी विपना बस्नेत मलेसियामा भएको कारण बस्नेत आइतवार फर्केपछि मात्र अभिनेता क्षेत्रीको दाहसंस्कार गरिने भएको छ। क्षेत्रीको पार्थिव शरीर काठमाडौंका महाराजगञ्ज स्थित टिचिङ हस्पिटलमा राखिएको छ।
प्रकाशन मिति–२०७६ साल मंसिर २८ गते शनिवार ।