Pradeep Singh 2काठमाडौ। नेपाली चलचित्रका होनहार तथा स्वभाविक अभिनयका धनी कलाकार प्रदीप सिंहको गएराति शुक्रबार उपचारको क्रममा भारतको कलकतामा ५९ बर्षको उमेरमा दुःखद निधन भएको छ।

तुलसी घिमिरे निर्देशित प्राय चलचित्रमा अभिनय गर्दैआएका कलाकार सिंहको दुई बर्षअघि दुवै मिर्गौला फेल भएर त्यसको उपचारको क्रममा रहेका थिए। मिर्गौला प्रत्यारोपण गर्ने क्रममा रहेका कलाकार सिंहको दुःखद निधनको खवरले नेपाली चलचित्र उद्योगलाई स्तव्ध पारेको अग्रज चलचित्र अभिनेता रविन्द्र खड्काले भनेका छन्।

चलचित्र कोसेली देखि चिनो, दक्षिणा, दुई थोपा आँसु, दक्षिणा, मितज्यू, बलिदान, रहर लगायतका सयौं चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेका कलाकार सिंहको शनिवार नेपाल ल्याएर दाहसंस्कार गरिने भएको छ।

Pradeep Singh 1प्रकाशन मिति–२०७४ साल बैशाख ९ गते शनिवार ।