काठमाडौ। स्वभाविक अभिनयका माहिर अभिनेता तथा निर्देशक अमृतमान महर्जन सम्मानित बनेका छन्। महर्जन ओएस नेपालव्दारा आयोजित अवार्ड कार्यक्रममा सम्मानित बनेको हो। अढाई दशक लामो कलाकारिताको माध्यमवाट नेपाली तथा नेपालभाषामा विशिष्ट योगदान दिएवापत महर्जनलाई सम्मान प्रदान गरिएको हो।

अवार्ड वितरण समारोहमा महर्जनलाई नेपालभाषाको विशिष्ट भिडियो निर्देशकको रुपमा सम्मानित गरिएको हो। पाँच वटा नेपाल भाषाको भिडियो मध्य पलख आसे वाट महर्जनले उत्कृष्ट भिडियो निर्देशकको उपाधी पाउन सफल बनेका थिए।

महर्जनले निर्देशन गरेका टेलिचलचित्र,डर,नाता जिन्दगीको, उलचया वाखँ ठुलिचा, जस्ता दर्जनौ टेलिचलचित्र लोकप्रिय रहेको छ। त्यस्तै गरेर, महर्जनव्दारा निर्मित तथा निर्देशित नेपालभाषामा निर्माण भएको चलचित्र स्वयनःगु अत्यन्त चर्चामा रहेको चलचित्र हो। महर्जन यतिखेर चलचित्र क्रिमिनलको पोष्ट प्रोडक्सनको कार्यमा व्यस्त छन्।


प्रकाशन मिति–२०७५ साल असार २५ गते सोमवार ।