काठमाडौं। जनैपूर्णिमालाई क्वाति पुन्हीको रुपमा मनाउने गरेको छ। यसैक्रममा आज विहीवार जनैपूर्णिमाको दिन नयाँ जनै फेर्ने र हातमा डोरो लगाउनेहरुको लर्को लागेको थियो। त्यसक्रममा घर–घरमा क्वाति खानेहरुको पनि कमी भएन।

काठमाडौंको स्वयम्भुनाथमा विहानैदेखि निःशुल्क क्वाति खुवाउने कार्य भयो। यस कार्यमा स्थापित खलःले क्वाति खुवाउने कार्य भएको जानकारी नेपाल खुला विश्वविद्यालयका बीबीएस कोअर्डिनेटर निर्मल बज्राचार्यले दिएका छन्। यसरी स्वयम्भुनाथ परिसरमा क्वाति खुवाउने कार्य विगत तीन बर्षदेखि हुदैआएको जानकारी पनि बज्राचार्यले दिएका छन्।

कागजको टल्केको कचौरामा स्वादिष्ट क्वाति खानेहरुको त्यहाँ कमी थिएन। क्वाति बाँड्ने काममा अग्रसर स्थापित खलःका स्वयंसेवक दीपक स्थापितले विहान ६ः३० बजे देखि स्वयम्भूमै करिव पचास लिटर अट्ने डिक्चिमा क्वाति पकाउने कार्य भएको बताएका छन्।

त्यसरी पकाएको क्वाति प्रसाद बाँड्न भ्याइँनभ्याइँ नै भएको थियो। जुन कार्य दिउँसोसम्म भएको थियो। विहानदेखि दिउंसोसम्म चारसय लिटर क्वाति खुवाउने कार्य भएको आयोजक संस्थाको दाता कनकमुनि स्थापितको भनाई रहेको छ। क्वाति विभिन्न गेडागुडीवाट बन्ने स्वादिष्ट परिकार मात्र नभइकन यो स्वस्थवद्र्धक पनि रहेको कारण यसको अत्यन्त लोकप्रियता रहेको छ।

प्रकाशन मिति–२०७६ साल साउन ३० गते विहीवार ।