काठमाडौं। स्वर्गवास भएको १४ बर्षपछि इतिहासविद गोवर्धन शर्माव्दारा लिखित समालोचना पुस्तक सार्वजनिक भएको छ। राजोपाध्याय समाजको आयोजनामा स्वर्गवासी शर्माको समालोचना पुस्तक शुक्रवार काठमाडौंमा सार्वजनिक भएको हो।

स्वर्गवासी शर्माबाट लिखित समालोचना पुस्तकको नाम नै ‘उपन्यासया चाकलय् गिरिजा’ रहेको छ। समालोचक पूर्णकाजी ताम्राकारको साथमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, वरिष्ठ पत्रकार साथै ईल्वहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्यले एकसाथ पुस्तकको विमोचन गरेपछि सार्वजनिक भएको थियो।

विमोचित पुस्तकमा नेपालभाषा साहित्य क्षेत्रका महाकवि गिरिजा प्रसाद जोशीबाट लिखित उपन्यासहरुको स्व. इतिहासविद् शर्माले समालोचना गरेका हुन्।

कार्यक्रममा महामारीको समयमा संक्रमितको उपचारमा खटेका राजोपाध्याय स्वास्थ्यकर्मीहरुको साथमा समाजबाट २०७६ र ०७७ सालमा एस.ई.ई परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान पनि गरेको थियो।

समाजले पुस्तक विमोचन कार्यक्रमसँगै पुस्तक मेलाको पनि आयोजना गरेको थियो। मेलामा वेद, तन्त्रको साथमा नेपालको धर्म, संस्कार, संस्कृतिसँग सम्वन्धित साथै विभिन्न पुस्तकहरु रहेको थियो।

प्रकाशन मिति–२०७९ साल असार ५ गते आइतवार ।