काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सातौं दिन शनिबार भारतले ११० वटा स्वर्ण पदक हात पारिसकेको छ भने रजत ६९, कास्य ३५ सहित जम्मा २ सय १४ पदकका साथ अग्रस्थानमा रहेको छ।

त्यसैगरेर, कुल पदकको हिसावले श्रीलंका दोश्रो स्थानमा देखिएको छ। श्रीलंकाको कुल पदक संख्या १ सय ७० रहेको छ। नेपालको कुल पदक संख्या १ सय ४२ रहेको छ।

स्वर्ण पदकको तालिकावाट भने भारतपछि नेपाल दोश्रो स्थानमा परेको छ। नेपालको स्वर्ण पदक संख्या ४३ र श्रीलंकाको ३० रहेको छ। शनिवार साँझसम्मको सात देशको पदक तालिका यसप्रकार रहेको छ।


प्रकाशन मिति–२०७६ साल मंसिर २१ गते शनिवार ।