Narayan Gopal 1काठमाडौ। स्वर सम्राट नारायण गोपालको २५ औ स्मृति दिवस शनिवार संपन्न भएको छ। नारायण गोपालको महाराजगंज स्थित निवासमा आयोजित कार्यक्रममा नारायण गोपाल संगीत कोषले यो बर्षको नारायण गोपाल सम्मानवाट रेडियो नेपालको प्रथम गायक हरिप्रसाद रिमाल तथा चर्चित संगीतकार शंभुजीत बाँस्कोटालाई नारायण गोपाल संगीत सम्मान प्रदान गरिएको छ।

Debendra Man with Shambhujeetनारायण गोपाल चोकमा नारायण गोपालको पूण्यस्मृतिमा नयाँ तथा पुराना पुस्ताका गायक–गायिकाले नारायण गोपालका गीत गाएर नारायण गोपाललाई संझ्ने कार्य गरेका छन्। गायक देवेन्द्रमान सिंह देखि गायिका सरिता प्रजापतिसम्मले गीतको माध्यमबाट नारायण गोपाललाई संझ्ने प्रयास गरेका छन्।Narayan Gopal 2

नेपाली आधुनिक गीत संगीतमा गोल्डेन भ्वाइसका धनी गायक भनेर परिचित अग्रज गायक प्रेमध्वज प्रधानको संझनामा नारायण गोपाल साथीभाइका माझमा अति मिलनसार तथा हँसाउन खप्पिस मानिएको छ। नारायण गोापालको ५१ बर्षको उमेरमा वि.सं. २०४७ साल मंसिर १९ गतेका दिन दुःखद निधन भएको थियो ।

 

प्रकाशन मिति–२०७२ साल मंसिर २० गते आइतवार ।