काठमाडौं। अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित फिल्म ‘घामड शेरे’ मा रहेको ‘साली मन पर्‍यो’ बोलको गीत तेस्रो सर्वाधिक हेरिएको गीतमा परेपछि खुशी व्यक्त गरेकी छन् ।

स्वस्तिमाले सामाजिक सञ्जाल फेसबुकमा ‘साली मन पर्‍यो’ बोलको गीतको स्क्रिनसट राख्दै लामो स्टाटस लेखेकी छन् । उनलाई दर्शकले फिल्ममा गरेको अभिनयले भन्दा गीतको भिडियोका कारण चिनेको बताएकी छन् ।

उनले स्टाटस मार्फत लेखेकी छन्,’मलाई आज पनि कति दर्शकले मैले अभिनय गरेको फिल्मले भन्दा मेरो नृत्य गरेको फिल्मका गीतहरूका कारणले चिनेको अवस्था छ । त्यसको उदाहरण ‘कुटुमा कुटु सुपारी दाना’ गीत हो जुन आजसम्मकै सर्वाधिक हेरिएको गीतमा पर्न सफल भएको छ ।’

यसैगरी उनले अगाडि लेख्छिन्, ‘अहिले आएर ‘साली मन पर्‍यो’ गीतले पनि १० करोड पटक हेरिएर तेस्रो सर्वाधिक हेरिएको गीतमा पर्न सफल भएको खुशी थपिएको छ ।’ आफ्नो फिल्मी जीवनको यात्रामा संगीतको सधै माहत्व रहेको स्वस्तिले बताएकी छन् । साथै उनले सम्पूर्ण दर्शक र स्रोतालाई धन्यवाद समेत दिएकी छन् ।

प्रकाशन मिति–२०७९ साल मंसीर २५ गते आइतवार ।