davकाठमाडौ। नेपाल आँखादान समाजको आयोजनामा स्वस्थ आँखादान विषयक माध्यमिक विद्यालय स्तरीय चित्र सिर्जना गर्ने कार्यक्रम सम्पन्न भएको छ। तिलगंगा आँखा प्रतिष्ठानको सभाहलमा उक्त कार्यक्रम भएको हो।

काठमाडौ उपत्यकाका विभिन्न पाँच वटा विद्यालयका १० जना विद्यार्थीहरुले स्वस्थ आँखादान सम्बन्धी चित्रकला सिर्जना गर्नभन्दा अगाडि नेपाल आँखा बैंकका प्रवन्धक शंखनारायण त्वाय्नाले आँखादानको महत्व र स्वस्थ आँखादान बारे सैद्धान्तिक तथ्य प्रस्तुत गरेका थिए।

dav
dav

प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डाक्टर रीता गुरुङ्गले सहभागी विद्यार्थीहरुलाई कदर पत्र प्रदान गर्ने क्रममा नयाँ पुस्ताका विद्यार्थीहरुले आँखादानको जनचेतना जगाउने कार्यमा देखाएको जोश र जाँगरलाई प्रशंशा गरेकी थिइन्।

प्रतिष्ठानको प्राविधिक सहयोग र हिमालयन क्याटर्याक्ट प्रोजेक्टको प्रायोजनमा भएको उक्त कार्यक्रमको संयोजन समाजका कार्यकारी सदस्य निर्मल वज्राचार्यले गरेका हुन्। कार्यक्रमको संचालन समाजका महासचिव एकाराम सिंले गरेका थिए। कार्यक्रममा वरिष्ठ कलाकार के के कर्माचार्यले विद्यार्थीहरुले सिर्जना गरेको कलामा नौलो प्रकारको प्रयोग भएको उल्लेख गर्दै कलासिर्जनाको खुलेरै प्रशंशा गरेका थिए।

सहभागी विद्यार्थीहरु तथा शिक्षकहरुले यस कार्यक्रममा आएर मरणोपरन्त आँखाको नानी दान गरेर दृष्टिविहिनलाई दृष्टि प्रदान गर्न सक्ने जस्ता अत्यन्त महत्वपूर्ण जानकारी हासिल भएको र यो सन्देशलाई आफ्ना साथी र परिवारमा गएर प्रचार प्रसार गर्ने प्रतिवद्धता ब्यक्त गरे।

dav

प्रकाशन मिति–२०७४ साल भाद्र ११ गते आइतवार ।