नवलपरासी। स्वस्थ मासु र ताजा मासु स्वास्थ्यको लागि अतिउपयोगी र लाभदायक हुन्छ। त्यसको लागि स्वस्थ र आधुनिक बधशाला आवश्यक छ। स्वस्थ र आधुनिक बधशालावाट उत्पादित मासुको बजारिकन गर्न अत्यन्त आवश्यक छ।

त्यो आवश्यकतालाई नवपरासीको कावासोती स्थित आधुनिक पशु बधशालाले तोकिएको मापदण्डमा रहेर स्वस्थ मासुलाई बजारमा पुर्याउने कार्य गर्दैआएको व्यवसायी नविन श्रेष्ठको भनाई रहेको छ। नेपाल सरकार, पशुपन्छी बजार निर्देशनालय, हरिहरभवन, ललितपुरको सहयोगमा आधुनिक पशुबधशालाको निर्माण भएवाट आधुनिक तौर–तरीकावाट पशुपन्छीको बध गरेर स्वस्थ मासु उत्पादन गर्न अत्यन्त सहज र सरल भएको पनि व्यवसायी श्रेष्ठको जिकिर रहेको छ।

नवलपरासी जिल्लाको विशेष गरेर कावासोती नगरपालिका र देवचुली नगरपालिका क्षेत्रका करिब २ सय घर–परिवार तथा होटलहरुले यहाँवाट उत्पादन हुने स्वस्थ मासु उपभोग गर्ने गरेको पनि श्रेष्ठले भिजन संसार डटकमलाई भनेका छन्। नेपाल सरकारको मापदण्डमा रहेर स्वस्थ पशुपन्छीको जाँच गरेर ल्याइने गरेको र तिनको लागि उचित स्थान तथा बाताबरणमा राखेर बध गरेर मासु उत्पादन गर्ने गरिन्छ।

त्यसरी मासु उत्पादन गर्दा आउने विभिन्न फोहोरजन्य पदार्थको अलावा छाला तथा हड्डीहरुको पनि उचित व्यवस्थापन गरेर हरदम आधुनिक पशुबधशाला स्वस्थ र सफा राख्ने कार्य गरिदै आएको पनि व्यवसायी श्रेष्ठले भनेका छन्। यस आधुनिक पशुबधशालावाट स्वस्थ मासु उत्पादन गर्ने र गराउने कार्यमा व्यवसायी श्रेष्ठका साथमा १६ जनाको अहोरात्र मेहनत रहेको छ।

मासुमा विशेष गरेर, राँगा, खसी, माछा, बंगुर, कुखुरा रहेको छ। तिनको उचित बजार व्यवस्थापन गर्ने कार्य शिवमन्दिर–३, कावासोती, नवलपरासीमा रहेको कृषि उपज बजार व्यवस्थापन समितिले गर्ने गरेको छ। त्यस स्थानमा समितिको पहलमा दुई दिन हात बजार लाग्ने पनि गरेको छ।


प्रकाशन मिति–२०७५ साल कात्तिक १४ गते बुधवार ।