काठमाडौं। नेपाली चलचित्रका महानायक भनिएका नायक राजेश हमालले चामलको भात नखाएको यो बर्षवाट १६ बर्ष पुगेको खुलासा भएको छ। पहिला जस्तो नेपाली चलचित्रमा खासै व्यस्त नबनेका नायक हमालले चामलको भात नखाएरै शरीररलाई मेन्टन गर्दैआएका हुन्।

फलफूलमा बढी बल गर्ने हमालको स्वास्थ्य र फिटनेस भने लोभलाग्दो नै छ। जसका कारण उनको उमेर अनुसारको शारीरिक तन्दुरुस्तीलाई कायम गर्न सफलता प्राप्त गरेका छन्। हमाल आफ्नो शरीरलाई स्वस्थ राख्न र आफूलाई सधैँ युवा देखाउनका लागि निकै मेहेनत गर्ने कलाकारमध्येका एक हुन्।

सुन्दा अनौठो लाग्ने हमालले आफूलाई स्वस्थ राख्नकै लागि झण्डै १६ वर्षसम्म भात समेत खाएनन्। यो बर्षवाट भने हमालले थोरै भएपनि भात खान थालेका छन्। भातमा कार्बोहाइड्रेट्सको मात्रा ज्यादा हुने र त्यसले तौलमा उतारचढाव हुने भएकोले अत्यन्तै न्यून खाने गरेको हमाm बताउँछन् । खाना धेरै खाएको खण्डमा पेट ठूलो हुने र आफूलाई ठूलो पेट नसुहाउने भएकाले खानामा कहिले पनि जोड नदिएको हमालको भनाई रहेको छ ।

पहिले–पहिले हमाल धुमपान समेत गर्ने गर्थे तर बिस्तारै हमालले आफूलाई धुम्रपानबाट टाढा बनाए। हमालसँग सम्बन्ध भएका साथी तथा आफन्तहरुलाई पनि धुमपानबाट टाढा रहन सुझाव दिन्छन्।


प्रकाशन मिति–२०७५ साल कात्तिक २७ गते मंगलवार ।