gokarna-news-8काठमाडौ। काठमाडौको गोकर्ण स्थित स्वस्थ समाज नेपालको दोश्रो साधारण सभा तथा स्थापना दिवस शनिवार संपन्न भएको छ। नेपालका अपाङ्गमानव अधिकारकर्मी तथा प्रधानमन्त्रीको कार्यालयमा अपाङ्ग डेस्क हेर्ने सल्लाहकार समेत रहेका अपाङ्ग आन्दोलनका योद्धा भोजराज श्रेष्ठको प्रमुख आतिथ्यमा स्वस्थ समाज नेपालले स्थापना दिवस मनाएको हो।

gokarna-news-10

बौद्धिक अपाङ्गता भएका बाल–बालिकाहरुलाई आश्रय दिने उदेश्यले एक बर्षअगाडि असोज ७ गतेकै दिन सीता श्रेष्ठको अगुवाईमा स्वस्थ समाज नेपालको स्थापना भएको हो। स्थापनाको एक बर्षमा लक्ष्यअनुरुप विविध कठिनाइका बाबजुद कार्यसम्पन्न भएको संस्थापक अध्यक्ष सीता श्रेष्ठले भनेकी छन्।

gokarna-news-7

दोश्रो स्थापना दिवसकै अवसर पारेर समाजले बौद्धिक अपाङ्गता भएका बाल–बालिकाहरुका लागि डे–केयर सञ्चालन गर्ने पनि भएको छ। डे–केयर सञ्चालनको लागि समाजले विभिन्न महानुभाव तथा संघ–संस्थाको सहयोगमा दुई कोठे टहरा पनि निर्माण गरेको छ। त्यसको पनि स्थापना दिवसमा नै उद्घाटन गरिएको छ।

gokarna-news-11

स्थानिय विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको स्थापना दिवसमा शुभकामना दिने अधिकाँश बक्ताहरुले अपाङ्ग क्षेत्रको चुनौति तथा अवसर र समस्याको बारेमा प्रकाश पारे। प्रमुख अतिथि अपाङ्ग मानवअधिकारकर्मी भोजराज श्रेष्ठले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि स्वस्थ समाज नेपालले विविध कठिनाईका बाबजुद पनि यस क्षेत्रमा कार्य गर्दैआएकोमा त्यसको खुलेर प्रशंशा गरे।

gokarna-news-5श्रेष्ठले शिक्षा विभाग मार्फत स्वस्थ समाज नेपालमा आवद्ध बौद्धिक अपाङ्गता भएका बालबालिका लागि उचित शिक्षा–दिक्षा निःशुल्क प्रदान गराउन पहल गर्ने र अपाङ्ग सहायक सामाग्री उपलव्ध गराउन पनि सरोकारवाला निकायमा अनुरोध गर्ने बताए।

gokarna-news-4

gokarna-news-3 gokarna-news-2 gokarna-news-1

Photo By- Sunita Kayastha & Swashtha Samaj Nepal

प्रकाशन मिति–२०७३ साल असोज ८ गते शनिवार ।