ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ ले वडाका स्वास्थ्यकर्मीहरुलाई बडा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ वडा स्वास्थ्य कार्यन्वयन समितिका पदाधिकारी, वडाका जनप्रतिनिधि तथा स्वास्थ्य स्वयं सेविकाहरु वीच बडा दशैंको शुभकामना आदान प्रदान गरेको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा वडालाई स्वस्थ र सफा अनि कोरोना तथा डेंगु रोग मुक्त वडाको रुपमा विकास गर्न र गराउन सवैको सहयोग अत्यन्त आवश्यक भएको वडा अध्यक्ष श्रेष्ठले बताएका छन्।

कार्यक्रममा स्वास्थ्य कार्यन्वयन समितिका पदाधिकारीहरुलाई परिचय पत्र प्रदान गर्ने कार्य पनि वडा अध्यक्ष श्रेष्ठवाट भएको थियो।
प्रकाशन मिति–२०७९ साल असोज १५ गते शनिवार ।