Kshitiza Help 1काठमाडौ। नेपालका प्रसिद्ध नायिका तथा मोडल क्षितिजा शाक्यको पहलमा टाउकोमा पानी जमेका अढाई बर्षका बालक गौतम थापालाई इजरायलवाट सहयोग राहत मिलेको छ। स्वीट अपार्ट परिवार तेल अविव इजरायलमा रहेका नेपालीहरुको तर्फवाट ८० हजार १ सय ५४ नेपाली रुपैया राहत सहयोग मिलेको हो।

Israyal Help 3

Israyal Help 1

Israyal Help 2

त्यसको अलावा नेपालकै देव अग्रवाल र दीपक चौलागाईवाट ११ हजार समेत राहत सहयोग मिलेको र दुवै रकम गौतम थापाको आमा राधिका थापालाई हस्तान्तरण गर्ने कार्य नायिका क्षितिजा शाक्यवाट भएको छ। त्यसको अलावा क्षितिजा शाक्यकै पहलवाट गौतम थापाको काठमाडौको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ। अस्पतालले गौतम थापाको संपूर्ण उपचार खर्च निःशुल्क गरिदिएको छ।

Kshitiza Help 2

तुरुन्तै अस्पतालले अप्रेसन गर्न नमिल्ने भएकोले हाललाई रेगुलर ट्रीटमेन्ट गर्ने कार्य भैरहेको छ। जन्मेको दुई महिनादेखि टाउकोमा पानी जम्ने रोगले ग्रस्त गौतमको उपचारको लागि अनेक स्थानमा भौतारिदै हिड्दै गरेकी गौतमकी आमा राधिका थापालाई गत चैत्र २५ गते काठमाडौको जमल स्थित आकाशेपुलनिर भेटेर नायिका तथा मोडल क्षितिजा शाक्यले नगद २० हजार हस्तान्तरण गरेकी हुन्। मलेसियावाट रेना भण्डारीले सहयोग स्वरुप पठाइएको रकम हस्तान्तरण गरेपछि गौतमको उपचारको पहल भएको हो।

Kshitiza Help 4न्यूरोडतिर त्यसअघिका दिनमा टाउकोमा पानी जमेको छोरा गौतमलाई लिएर हिंड्दै गरेकी राधिकालाई क्षितिजाले भेटेकी थिइन्। सोही भेटको फोटो सहित फेसबुकमा हालेपछि टाउकोमा पानी जमेका गौतमको उपचारको लागि मलेसियावाट रेना भण्डारीले नगद २० हजार सहयोग पठाएको हो। रेना भण्डारीको सानो सहयोगवाट शुरु भएको सहयोगको निरन्तरताले यो रुप लिएको नायिका शाक्यले भनेकी छन्।

पहिलो पल्ट यो समाचार भिजन संसार मार्फत प्रकाशित भएपछि अझ यसले थप सहयोग प्राप्त भएको र गौतमको उपचारमा राहत पुग्न गएको नायिका शाक्यको जिकिर रहेको छ। काठमाडौ बोहराटार बस्ने दुई बर्षका गौतम थापा दुई महिना पुग्दा अचानक टाउको फुल्दैआएको र चेकजाँच गराउंदा टाउकोमा पानी जमेको पत्ता लागेको हो।

छोरोको त्यो अवस्था भएपछि श्रीमानले पनि बेवास्ता गरेको र छोरा १० महिना पुगेपछि अर्को विवाह गरेर श्रीमानले साथ दिन छाडेपछि बेसहारा हुनपुग्दा सडकमा माग्दै हिंड्नु परेको राधिका थापाको यथार्थता रहेको छ। राधिकाको साथमा १० बर्षकी छोरी पनि रहेकी छन्। छोराको त्यो अवस्थावाट निक्कै चिन्तित उनी क्षितिजा शाक्य मार्फत प्राप्त भएको इजरायवाट प्राप्त भएको थप सहयोगवाट छोराको उपचार संभव हुने देखेवाट राहत महशुश गरेकी छन्।

इजरायका स्वीट अपार्ट परिवार तेल अविवलाई नायिका क्षितिजा शाक्यले धन्यवाद व्यक्त गरेकी छन्। त्यसैगरेर देव अग्रवाल र दीपक चौलागाईलाई पनि धन्यवाद भनेकी छन्।

Kshitiza Help 3प्रकाशन मिति–२०७४ साल जेष्ठ २७ गते शनिवार ।