काठमाडौं। नेपाली चलचित्र उद्योग कोभिड–१९ को महामारीको कारण थला परेको छ। विगत डेढ बर्षदेखि नेपाली चलचित्र उद्योगमा खासै कुनै चहलपहल छैन्। चलचित्र हलहरु बन्द नै छन्। चलचित्र पनि बनेका छैनन्। यस वीचमा चलेका नायिकाहरु भटाभट आमा बन्ने खवरले नेपाली चलचित्र उद्योग तातिएको छ।

एक पछि अर्की नायिका आमा बन्ने समाचारहरु प्रकाशमा आएतापनि सर्वाधिक चर्चा भने, नायिका प्रियंका कार्कीकै रहेको छ। आमा बन्ने पक्का भएयता पेट पुक्क देखिएदेखि आफ्ना ती फोटाहरु आफैले सार्वजनिक गरेर समाचार बन्दैआएकी प्रियंका कार्कीले सन्तानलाई जन्म दिने दिन नजिकिदै गर्दा साउनको चर्को गर्मी तथा बर्षामा कुनै होटलको प्रतिष्ठित स्वीमिङ पुलमा साथीहरुका साथमा स्वीमिङ गर्दै रमाइरहेको फोटो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेयता प्रियंका कार्की थप चर्चाको विषय बनेकी छन्।

केही दिनअघि मात्र बेबी सावरका तस्बीर सार्वजनिक गरेकी प्रियंकाले मंगलवार पुक्क परेको पेट देखाएको स्वीमिङमा रमाउंदै गरेको तस्बीर सार्वजनिक गरेयता कतिले राम्रो प्रतिक्रिया दिएका छन्, कतिपयले नराम्रो पनि । केहीले भने गर्भवती भएको समयमा जीवनको आनन्द लिएको भन्दै प्रियंकाको प्रशंसा पनि गरेका छन्। जे जस्तो भएतापनि गर्भवती अवस्थाका फरक फरक तस्बीर सार्वजनिक गरेर रेकर्ड राख्ने नेपाली चलचित्रकी नायिकामा प्रियंका कार्की एक नंबरमा नै परेकी छन्।


प्रकाशन मिति–२०७८ साल साउन ५ गते मंगलवार ।