काठमाडौं। हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामाले नेपालमा रेष्टुरेन्टको व्यवसाय विस्तार गरेका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर ९ स्थित बौद्ध आरुबारीमा लामाले रेष्टुरेन्टको व्यवसाय विस्तार गरेका हुन्।

अत्यन्त रमणिय स्थानमा करिब दुई रोपनी जग्गामा स्वीमिङ्ग पुलसहितको सुविधा रहेको माउण्टेन कफी रेष्टुरेन्टको शुभारम्भ भएको जानकारी लामाले भिजन संसार डटकमलाई दिएका छन्।

काठमाडौंको भीडभाडवाट नजिकको शान्त तथा सुरम्म्य स्थल बौद्ध आरुबारीको प्राकृतिक रमणिय स्थलमा कफीको चुस्की लिनुको बेग्लै मज्जा हुने गरेको त्यहाँ पुग्ने धेरैको प्रतिक्रिया रहेको छ।

फाइभस्टार होटलको जस्तो सुविधा दिने उदेश्यले स्थापित माउण्टेन कफी रेष्टुरेन्टमा कफी बनाउने तालिमको समेत व्यवस्था गरिएको जानकारी पनि अध्यक्ष लामाले दिएका छन्।

प्रकाशन मिति–२०७८ साल चैत ५ गते शनिवार ।