काठमाडौ। हंगकंगमा नेपाली छोरी उपनाम पाएकी गायिका सोनम महर्जनको पछिल्लो गीत यतिखेर निक्कै गंभीर गीतको रुपमा मानिएको छ। के फरक पर्छ बोलको गीत केही दिन अघि मात्र युट्युबवाट वल्र्डवाइड रिलिज भएको छ। गंभीर भन्दा गंभीर शव्दको गंभीर आवाज रहेको यस गीतको भिडियोमा नेपाल र नेपाल बाहिर राजनीतिक तथा गैरराजनीतिक घटनाक्रमलाई इमान्दारितापूर्वक जस्ताको तस्तै प्रस्तुत गरिएको छ।

sonam-maharjan-3

गीतकार रविन बान्तवा राईको मार्मिक शव्द रचनालाई गायिका महर्जनले गंभीर बनेर गाएको यस गीतको रेकर्ड भारतको कोलकत्तामा भएको हो। एरेन्जिङ्ग र भोकलिङ्ग हंगकंगमा रहेका संगीतज्ञ दिनेश सुव्वाको स्टुडियोमा भएतापनि फाइनल मिक्सिङ्ग र रि–रेकर्डिङ्ग कोलकत्तामा भएको यस गीतका संगीतकार उस्ताद कृष्णभक्त महर्जनले भनेका छन्।

sonam-maharjan-1

गंभीरता वोकेको यथार्थ शव्दहरुको पहिचान भएको गीतलाई गाउन त्यति सजिलो छैन्। कठिन गीतलाई गंभीर रुपमा नै रियाज गरियो भने, सकिदो रहेछ भन्ने प्रमाण गायिका सोनम महर्जनले यस गीतवाट प्रमाणित गर्न सफलता प्राप्त गरेकी छन्। विशेषत वेस्टर्न फ्युजन गीत गाउन बढी रुचाउने सोनमले उस्ताद पिता कृष्णभक्त महर्जनको प्रेरणावाट आधुनिक गीत लगायत सवैखाले गीत गाउंदै आएकी छन्।

Singer Sonam Maharjan with her father Krishna Bhakta Maharjan, Mother Mrs Maharjan & Brother Swadesh Maharjan.
Singer Sonam Maharjan with her father Krishna Bhakta Maharjan, Mother Mrs Maharjan & Brother Swadesh Maharjan.

गीतमा नै प्रीत तथा गंभीरता र राष्ट्रियता सवै बोल्नु पर्छ भन्ने अभिप्राय राख्ने सोनमको आधुनिक गीतहरुको संग्रह रहेको गीति–एल्वम नेपाली छोरी दुई बर्षअगाडि नै सार्वजनिक भैसकेको छ। जसमा सोनमले बरिष्ठ हाँस्यअभिनेता मदनकृष्ण श्रेष्ठ र गायक दीपक लिम्बूसंग कोरस गीत गाएकी छन्।

sonam-maharjan-2नेपाली छोरी, जाऔं हिड काठमाडौ लगायतका गीतहरु सोनमको हिट गीतको रुपमा लिइन्छ। कम समयमा निक्कै चर्चा पाउने यिनै गायिका सोनम महर्जन हाल हंगकंगमा नै व्यस्त बनेकी छन्। हंगकंगमा हुने विभिन्न कन्सर्टमा अग्रता दिदैआएकी सोनम जहांँ जताबसेपनि नेपाल र नेपाली कला–संस्कृति तथा परम्परालाई विर्सन नमिल्ने भन्छन्।

हंगकंगको पिज्जा तथा बर्गर भन्दा नेपाली ग्वालमरी तथा ग्वार्चाको स्वादमा नै बढी मन बसेको र सदा बस्ने सोनमको जिकिर रहेको छ। नेपाली गीत–संगीतको प्रवद्र्धन गर्ने कार्यमा अत्यन्त व्यस्त बनिरहेकी सोनमले बांचुञ्जेल गीत–संगीतमा लाग्ने प्रतिवद्धता जनाएकी छन्। 

sonam-maharjan-3

गायिका सोनम महर्जनको गायन तथा उस्ताद संगीतकार कृष्णभक्त महर्जनको संगीत रहेको पछिल्लो गंभीर गीत यहाँ प्रस्तुत छ–

प्रकाशन मिति–२०७३ साल असोज १० गते सोमवार ।