Tuyumati Hongkong Show 3काठमाडौ। हंगकंग नेवार समाजको आयोजनामा हंगकंगमा नेपालभाषाको अत्यन्त लोकप्रिय चलचित्र तुयुमतिको प्रदर्शन भएको छ। आइतवार आयोजित कार्यक्रममा हंगकंगमा रहेका नेवार तथा गैरनेवारहरुको सहभागिताले तुयुमतिको प्रदर्शनलाई अत्यन्त सफल बनाइदिएको प्रतिक्रिया हंगकंग नेवार समाजकी प्रथम महिला अध्यक्ष रचना प्रधानले भिजन संसारलाई दिएकी छन्।

Tuyumati Hongkong Show 4पहिलो पल्ट मातृभाषामा निर्माण भएको चलचित्र तुयुमतिलाई प्रवास हंगकंगमा प्रदर्शन गर्न पाउंदा अत्यन्त खुशी लागेको पनि अध्यक्ष प्रधानले भनेकी छन्। प्रयास गरेपछि नसक्ने कुरा केही हुंदैन भन्ने कुरा यो सफलतावाट प्रमाणित भएको प्रतिक्रिया हंगकंगमा रहेका लोकप्रिय गायक नागेन्द्र श्रेष्ठको प्रतिक्रिया रहेको छ। चलचित्र तुयुमतिलाई नेपाली भाषामा प्रदर्शन गरिएको कारण हंगकंगमा रहेका नेवार तथा गैह्रनेवार सवैलाई बुझ्नका लागि सहज र सरल भएको गायक श्रेष्ठले बताएका छन्।

Tuyumati Hongkong Show 1चलचित्र तुयुमति सहभागिता जनाउन तुयुमतिका हिरो मनिषकुमार श्रेष्ठ बेलायतवाट हंगकंग पुगेका थिए। बेलायतमा सवैले आफूलाई स्टारको उपाधि दिएर सम्मान गर्दा अत्यन्त हर्षित बनेका छन्। जसलाई तुयुमतिको सफलताको रुपमा आफूले लिएको पनि अभिनेता श्रेष्ठले भनेका छन्।

Tuyumati Hongkong Show 5प्रकाशन मिति–२०७४ साल जेष्ठ १५ गते सोमवार ।