Nagendra Shrestha 7काठमाडौ। नेपालका चर्चित गायक नागेन्द्र श्रेष्ठ लामो समय देखि प्रवास हंगकंगमा नै रहेका छन्। दुई दशकदेखि हंगकंगलाई कर्मक्षेत्र बनाउंदै आएका कालजयी गीतका गायक नागेन्द्र प्रवासमा पनि चर्चाको शिखरमा रहेका छन्।

Nagendra Shrestha 8विशेष गरेर भारत तथा पाकिस्तानवाट हंगकंग आउने कुनैपनि कलाकारका प्यारा गायक नागेन्द्र बन्दैआएका छन्। बलिउडका सोहम चक्रवती होस् या विश्वप्रसिद्ध गजल गायक पंकज उदास ! जो जसको कुनैपनि सांगीतिक प्रस्तुति हंगकंगमा हुनेगर्दा नागेन्द्रको माग हुने गर्दछ। नागेन्द्रको हारमोनियम तथा किबोर्डको ताल विश्वप्रसिद्ध कलाकारमाझ अत्यन्त डिमान्ड रहेको छ।

Nepalese Vetran Singer Nagendra Shrestha with Bollywood Vetran Actress Sabana Azami in Hongkong.
Nepalese Vetran Singer Nagendra Shrestha with Bollywood Vetran Actress Sabana Azami in Hongkong.

सोही डिमान्डको कारण नागेन्द्र विश्वप्रसिद्ध कलाकारमाझ बेग्लै पहिचान बनेका छन्। त्यही पहिचानमा नेपाली गायक हुनुको गौरबतालाई हंगकंगमा जीवन्तता दिने कोशिश नागेन्द्रवाट हुंदैआएको छ। चालिसको दशकको टाढा धेरै टाढा, चाँदनीमा बग्छ खोलो, साउन हैन, साँझ ढलिगयो लगायत पछिल्लो आवाजसँग जस्ता सयौ कालजयी गीतले नागेन्द्रलाई नागेन्द्र बनाएको छ।

Nagendra Shrestha with Pankaz Udash
Nagendra Shrestha with Pankaz Udash

नेपाली आधुनिक गीत गायनमा कुनैवेल एकछत्र जस्तो राज चलाइसकेका नागेन्द्र बलिउडमा समेत कुनैबेला चिनिएका थिए। हिन्दी गीत गायनमा पनि छन्द तथा लय अनि भाका मिलाएर गाउन सक्ने हरेक नेपालीले गर्ब गर्न लायकका गायक नागेन्द्रका छोरा बिकल प्रधान यतिखेर बलिउडमा म्युजिक इञ्जिनियरका रुपमा चिनिएका छन्।

Nagendra with his beloved spouce M/s Rachana Pradhan.
Nagendra with his beloved spouce M/s Rachana Pradhan.

पिताको पहिचानलाई छोराले बलिउडमा कायम गर्ने कार्य गरिसकेका छन्। यसले पनि छोरा बिकलको नागेन्द्र खुलेर प्रशंशा गर्छन्। नागेन्द्रको सफलताको रहस्य बनेकी उनकी जीवन संगीनी रचना प्रधान यतिखेर हंगकंगमा हंगकंग नेवार समाजको अध्यक्षको रुपमा क्रियाशील रहेकी छन्।

Nagendra Shrestha 6

छोरी हंकंगमा नै अध्ययनरत रहेकी छन्। परिवारवाट पनि निक्कै सुखी र खुशी नागेन्द्र यतिखेर नेपाली हुनुको नाताले हंगकंगमा संगीतको माध्यमवाट नेपाल चिनाउने कार्यमा व्यस्त बनेका छन्। विभिन्न हाइक्लासका प्रोग्राम गीत गाउनुका अलावा हाइक्लासका प्रोग्रामहरुमा हारमोनियम तथा किबोर्डको बेग्लै प्रस्तुति दिने कार्य गर्दैआएका छन्।

Nagendra Shrestha 2प्रकाशन मिति–२०७३ साल माघ २८ गते शुक्रबार ।