Tuyumati in Hongkong 5काठमाडौ। नेपालभाषामा निर्माण भएको बहुचर्चित चलचित्र तुयुमति अव हंगकंगमा पनि रिलिज हुने भएको छ। हंगकंग नेवार समाजको आयोजनामा हंगकंगको कम्युनिटी हलमा चलचित्र तुयुमति नेपाली भाषामा प्रदर्शन हुन लागेको हो।

यही आउने २८ मे अर्थात जेष्ठ १४ गते प्रदर्शन गर्ने लगभग अन्तिम तयारीमा आफूहरु पुगिसकेको हंगकंग नेवार समाजका अध्यक्ष रचना प्रधानले हंगकंगवाट भिजन संसारलाई जानकारी दिएकी छन्। चलचित्र तुयुमति प्रदर्शनका लागि चलचित्र तुयुमतिका निर्माता तथा नायक मनिषकुमार श्रेष्ठ पनि बेलायतवाट हंगकंग आउने जानकारी हंगकंगमा नै कार्यरत ख्यातिप्राप्त नेपाली गायक नागेन्द्र श्रेष्ठले भनेका छन्।

गायक श्रेष्ठका अनुसार पहिलोपल्ट हंगकंगमा नेपालभाषामा निर्माण भएको चलचित्र प्रदर्शन हुन गैरहेको छ। नेपाली भाषामा प्रदर्शन हुने भएकोले नेवार तथा गैरनेवार सवैको यस चलचित्रप्रति चासो रहेको र प्रदर्शन सफल हुने अपेक्षा पनि गायक श्रेष्ठले गरेका छन्।

Tuyumati in Hongkong 4प्रकाशन मिति–२०७४ साल बैशाख २८ गते विहीवार ।