Krishna Bhakta Awarded 4काठमाडौ। हंगकंगमा रहेका नेपालका प्रसिद्ध उस्ताद कृष्णभक्त महर्जनको सांगीतिक व्यस्तता हिजोका दिनमा जस्तै आजका दिनमा पनि त्यस्तै रहेको छ। हंगकंगको अत्यन्त व्यस्त जीवनमा पनि अलिकति भएपनि समय निकालेर नेपाली गीत–संगीतलाई दिने गरेका उस्ताद महर्जनको सांगीतिक जीवनमा यतिखेर नौलो मोड आएको छ। परिश्रमको फल प्राप्ति भएको छ।

Krishna Bhakta Awarded 3अघिल्लो बर्षको दशैंको बेलामा रिलिज गरिएको नेपालभाषाको अत्यन्त चर्चित गीत देके वम्ह मयजु बोलको गीतले बेस्ट अवार्ड पाएको छ। उस्ताद महर्जन र महर्जनको सुपुत्री सोनम महर्जनको युगल गायन रहेको उक्त गीतले ओस नेपाल म्युजिक अवार्ड पाएको छ। ओस नेपाल इन्कले नेपालमा आयोजना गरेको ओस नेपाल म्युजिक अवार्डमा उस्ताद महर्जनको गायन तथा संगीत रहेको उक्त गीत सर्वोत्कृष्ट बनेर बेस्ट सङ्ग अवार्ड पाएको हो।

Krishna Bhakta Awarded 1

हुन त त्यस अवार्ड कार्यक्रममा उस्ताद महर्जनको हाकु मुस्या बोलको गीत पनि नोमिनेसनमा परेको थियो। नोमिसनमा परेको दुई गीत मध्ये देके वम्ह मयजुले सर्वोत्कृष्ट बन्दा निक्कै नै खुशी लागेको हंगकंगवाट भिजन संसारसंगको कुराकानीमा उस्ताद महर्जनले भनेका छन्।

Krishna Bhakta Awarded 2आफू हंगकंगमा भएपनि नेपालमा आफ्नो गीतले उत्कृष्ठता पाउंदा अत्यन्त खुशी लागेको उस्ताद महर्जनले खुशी पोखेका छन्। उस्ताद महर्जनले अघिल्लो बर्ष दशैं अगाडि नै नेपाल आएर नेपालको दशैं मनाएको र साथीभाइसंग रमेर अवार्डेट गीत लगायतका गीतहरुको सार्वजनिक गरेको त्यो पललाई अझै आँखामा झलझली संझेका छन्।

यो बर्षभने दशैंको बेला नेपाल आउन नसक्ने भएकोले अलि न्यास्रो र नरमाइलो लागिरहेको पनि उस्ताद महर्जनले भनेका छन्।

प्रस्तुत छ–उस्ताद महर्जनको अवार्डेट सर्वोत्कृष्ट गीत

प्रकाशन मिति–२०७४ साल भाद्र २४ गते शनिवार ।